Listen Live: 

भरतपुरमा सम्पन्न भरतपुर मेयरकप बागमती प्रदेश यु १६ क्रिकेटको उपाधि पाहुना टोली काठमाडौंले जिते

Radio Chitwan
बिहिबार, बैशाख ७, २०८०

चितवन, वैशाख ७(

भरतपुरमा सम्पन्न भरतपुर मेयरकप बागमती प्रदेश यु १६ क्रिकेटको उपाधि पाहुना टोली काठमाडौंले जितेको छ ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको आजको फाइनल खेलमा घरेलु टोली चितवनलाई ४ विकेटले हराउदै पाहँुना टोली काठमाडौंले उपाधि उचालेको हो ।

१२२ रनको विजय लक्ष्य पछ्याएको पाहँुना टोली काठमाडौंले २४ औं ओभरको तेश्रो बलमा ६ विकेट गुमाएर जित निकाल्यो । दुवै ओपनर सस्तैमा गुमाएको काठमाडौंको लागि मध्यक्रममा बुद्धिमान विष्ट र विरेन्द्रसिंह साउदले पारी सम्हालेका थिए ।

साउदले ३३ रन बनाए भने विष्टले ३२ रन बनाए । यस्तै काठमाडौंको जितमा निश्चल श्रेष्ठले नटआउट २० रनको योगदान गरे । बलिङमा चितवनका दिपेश क्षेत्री, सुगम सापकोटा, विशाल खत्री, अंकित झा र शिव भट्टराइले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २५ ओभरमा ८ विकेटको क्षतिमा १२१ रन बनाएको थियो । चितवनका लागि ओपनर अंकित झाले सर्वाधिक ४१ रन बनाए । ४६ बल खेलेका उनले ६ चौका र २ चौका प्रहार गरे । उनी पवन कठायतको बलिङमा बोल्ड हुदै पेभेलियन फर्किए । यस्तै कप्तान सुर्यान्शु कोइरालाले १५ रन जोडे । २६ बल खेल्दै रन बनाउन संघर्ष गरिरहेका उनी निश्चल श्रेष्ठको बोल्ड भए ।

त्यसबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन एक अंकमा नै सिमित भयो । बलिङमा काठमाडौंका सुबिन हाडा र पवन कठायतले समान दुई विकेट लिए । सार्थक धिताल र प्रतिक पण्डितले समान एक विकेट निकाले । फाइनल खेलको प्लेयर अफ द म्याच काठमाडौंका निश्चल श्रेष्ठ भए । त्यस्तै विधातर्फ बेष्ट ब्याट्सम्यान र बेष्टको बलरको पुरस्कार चितवनले पायो । चितवनका कप्तान सूर्यान्शु कोइराला बेष्ट ब्याट्सम्यान बन्दा विशाल खत्री बेष्ट बलर घोषित भए । प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट काठमाडौंका निश्चल श्रेष्ठ चुनिए ।

प्रतियोगिताको विजेता टोलीलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले संयुक्तरुपमा ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । भरतपुर महानगरपालिका र बागमती प्रदेश क्रिकेट संघको आयोजनामा वैशाख ४ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज समापन भएको छ ।

आन्य समाचारहरु:-
September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

September 5, 2023
‘बालेनहरु’लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram