कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रामप्रसाद न्यौपानेले हरेक सरकारी संयन्त्रमा नागरिक निगरानी समूह बनाउने प्रतिबद्धता

भरतपुर । नेकपा एमालेबाट चितवन २ मा उमेदवार बनेका रामप्रसाद न्यौपानेले हरेक सरकारी संयन्त्रमा नागरिक निगरानी समूह बनाउने प्रतिबद्धता गरेका छन् । आज नारायणगढमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा उमेदवार न्यौपानेले काममा ढिलासुस्ती हुने हरेक सरकारी निकायमा नागरिक निगरानी समूह बनाएर कामलाई चुस्त पार्ने बताए ।
पत्रकारसँग न्यौपानेले समृद्ध चितवनको परिकल्पना गरेको बताउँदै कालिकामा कृषि क्षेत्र र इच्छाकामनालाई पर्यटन क्षेत्रको रुपमा विकास गरिने बताए । उनले भने, ‘चितवनमा खोलिने उद्योग, कलकारखानामा यहीँका ५० प्रतिशत युवाहरुलाई रोजगारी दिने व्यवस्था नीतिगतमै गर्न म चाहन्छु ।’
उनले गाँजाखेतीलाई वैधानिक दिन पनि संसदमा लविङ गर्ने बताए । न्यौपानेले भने, ‘निर्वाचित भएको खण्डमा गाँजाखेतीलाई वैधानिक मान्यता दिन संसदमा बुलन्दरुपमा आवाज उठाउनेछु, यसबाट चितवनका सयौँ युवालाई रोजगारी दिन सकिनेछ, यसमा म कटिबद्ध भएर लाग्नेछु ।
न्यौपानेले चितवनको सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षादीक्षादेखि यहाँको कृषि र पर्यटनसम्म मिसन र भिजनका साथ काम गर्ने बताए । उनले भने, ‘सभ्य समृद्ध समाज निर्माणको लागि टोलबाट विकासको थालनी गर्नेछु, नारायणगढ र भरतपुरलाई आर्थिक हब बनाउँछु । यहाँको स्वास्थ्यलाई प्रभावकारी बनाउन भरतपुर अस्पतालबाट कामको सुरुवात् गर्नेछु ।’
उनले नेकपा एमालेले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित र प्रभाकारी बनाउन संसदमा विशेष भूमिका खेल्ने बताए । पत्रकारसँग नेता न्यौपानेले स्वास्थ्य बिमामा राज्यको केही त्रुटि रहेको हुनाले यसलाई सच्याएर अघि बढ्ने प्रतिबद्धता गरे । उनले प्राथमिकताको आधारमा समस्या समाधानका लागि पहल गर्ने बताए । अहिलेसम्म आफूले कुनै पनि गलत काम नगरेको र निर्वाचित भएपछि पनि कहिल्यै गलत काम नगर्ने प्रतिबद्धता न्यौपानेले दोहोर्याए । उनले भने, ‘सांसद भएपछि रामप्रसाद न्यौपानेले एक रुपैयाँ भ्रष्टाचार गर्दैन, कुनै गलत काम गर्दैन, जनतासँग रहन्छ, चितवनको विकासमा संसदमा आवाज बुलन्द पार्छ ।’
उनले भ्रमको खेती र स्टन्ड नगर्न पनि विरोधीलाई चुनौती दिए । उनले भने, ‘भ्रमको खेती नगरे हुन्छ, फेक आइडी बनाएर गालीको वर्षा नगरे हुन्छ, स्टन्डले देश चल्दैन, समाज बन्दैन ।’ मिडियामैत्री, अपाङ्गमैत्री, व्यवसायीमैत्री नीति अबलम्बनमा सदैब लाग्ने बताउँदै न्यौपानेले भने, ‘सांसद बनाएर पठाएको खण्डमा चितवनमा लगानीको वातावरण बनाउने जिम्मा म लिन्छु, सबै वैदेशिक दातृनिकायसँग मैले कुराकानी गरिरहेको छु ।’ चितवनमा नर्सिङ पढ्ने वातावरण बनाउनको लागि नीतिगत तहमै पहल गर्ने उनले बताए ।
सुन्दर चितवन, समृद्ध चितवन बनाउन महिला शक्तिको महत्वपूर्ण भूमिका हुने भन्दै आफूहरुले महिलाको सम्मान गर्दै आएको न्यौपानेले बताए । जित्ने र टिक्ने वातावरण बनाउन रामप्रसाद न्यौपाने आएको बताउँदै भने, ‘मेरो जित शत्प्रतिशत छ, ढुक्क भए हुन्छ ।’ उनले समय छोटो भएको हुनाले सबैको घरघरमा जान नसकेकोमा मतदातासमक्ष माफीसमेत मागेका थिए । उनले भने, ‘सबैको घरमा आउन मलाई समय पुगने, सबै मतदातासमक्ष माफी पनि माग्दछु, तर तपाइँले जिताए पनि नजिताए पनि तपाइँको घरघरमा म फेरि पनि अवश्य आउँछु ।’ उनले आफू चितवनको माटोमा हुर्के बढेर यहीँको विकासमा होमिएकाले भोलिका दिनमा पनि निरन्तर यहीँकोृ विकासमा लाग्ने बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]