Listen Live: 

तरलता सहज र कित्ताकाट खुल्न थालेसँगै घरजग्गा बढे कारोबार

Radio Chitwan
बिहिबार, बैशाख ७, २०८०

भरतपुर । तरलता सहज र कित्ताकाट खुल्न थालेसँगै घरजग्गा कारोबार बढेको छ । चितवनमा गत चैतमा ९ महिनायताकै उच्च किनबेच भएको छ । फागुन महिनामा जम्मा ८ सय ७८ कारोबार संख्या रहेकोमा चैतमा १ हजार ४ सय १५ पुगेको छ । मालपोत कार्यालय भरतपुरका प्रमुख मालपोत अधिकृत शेरबहादुर भण्डारीले जग्गाको कारोबार क्रमशः उकालो लागेको बताए । कारोबारसँगै हरेक महिनाको तुलनामा राजस्व पनि दोब्बर बढी संकलन भएको छ ।

चैत महिनामा मात्रै १५ करोड ५० लाख रूपैयाँ राजस्व जग्गा किनबेचबाट संकलन भएको छ । प्राप्त विवरणअनुसार यस आर्थिक वर्षको साउनदेखि फागुनसम्म ९ महिनाको अवधिमा जम्मा ७७ करोड राजस्व संकलन भएको थियो । जुन ८ महिनाको औसत ९ करोडजति हुन्छ । धेरै राजस्व संकलनमा चितवन मालपोत सातौँ नम्बरमा छ ।

मासिकरुपमा हेर्ने हो भने गत साउनमा ५ सय ५९, भदौमा ६ सय १९, असोजमा ५ सय २७, कात्तिकमा ८ सय ७३, मंसिरमा ९ सय १, पुसमा ९ सय ५९, माघमा ८ सय ४४ र फागुनमा ८ सय ७८ वटा कारोबार भएको छ ।

कृषि र गैरकृषि भूमि वर्गीकरण गरी कित्ताकाटमा सहजीकरण गर्ने स्थानीय तहहरुको संख्या बढेसँगै घरजग्गा कारोबारले पनि लय समात्न थालेको छ । चैतमा देशभर ४९ हजारभन्दा बढी घरजग्गा किनबेच हुँदा चार अर्ब ५१ करोड राजस्व संकलन भएको छ । चैत महिनामा मात्रै मालपोत कार्यालय भरतपुरले सेवा करबापत १ करोड २१ लाख, रजिष्ट्रेसन दस्तुरबापत ८ करोड ५१ लाख, पुँजीगत लाभकरबापत ५ करोड ५५ लाख ५५ हजार, नारायणी तथा राप्ती सभ्यताको नाममा २२ लाख १६ हजार रूपैयाँ संकलन भएको छ ।

जग्गाको वर्गीकरण बढेर कित्ताकाट फुकुवा हुन थालेपछि किनबेच पनि बढेको मालपोत प्रमुख भण्डारीले बताए । ‘स्थानीय तहहरुले जग्गाको वर्गीकरण गरी बुझाएपछि कित्ताकाट खुला भएको छ, प्रमुख भण्डारीले भने, ‘कारोबारले सोचेजस्तो गति भने लिन सकेको छैन ।’ अपेक्षाअनुसार कारोबार हुनका लागि भने हालको आर्थिक समस्या नै हट्नुपर्ने उनको भनाइ छ । निकै सुस्त रहेको घरजग्गा कारोबार बढेपछि व्यवसायी उत्साहित भएका छन् ।

जग्गाको वर्गीकरण भएको र कित्ताकाट सहज हुँदा कारोबार पनि बढ्न थालेको नेपाल जग्गा तथा आवास विकास महासंघका केन्द्रीय सचिवालय सदस्यसमेत रहेका नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीले बताए । सरकारले गत मंगलबार जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । जग्गा व्यवसायीले यस निर्णयको स्वागत गरेका छन् ।

देशभरिको विवरणअनुसार चैतमा सबैभन्दा धेरै घरजग्गा किनबेच धनुषाको जनकपुर मालपोत कार्यालयबाट भएको छ । भूमि विभागका अनुसार चैतमा जनकपुरमा १९ सय २१, मोरङको बेलबारीमा १७ सय ६४, नेपालगञ्जमा १७ सय ५८, सुनसरीको इनरूवामा १७ सय २३, झापाको भद्रपुरमा १३ सय ३७ घरजग्गाको लिखत पारित भएको छ । चैतमा सबैभन्दा बढी राजस्व ललितपुरको लगनखेल मालपोतबाट ४० करोड उठेको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram