कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन र यसको आसपासको वन क्षेत्रमा फैलिएको डढेलोका कारण चितवनको जनजीवन प्रभावित

चितवन। चितवन र यसको आसपासको वन क्षेत्रमा फैलिएको डढेलोका कारण चितवनको जनजीवन प्रभावित भएको छ। धुवाँ र धुलोका कारण आँखा पोल्ने अवस्थाले हिँडडुल गर्न समेत कठिनाइ हुन थालेको छ । हवाई उडान प्रभावित भएका छन्।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार गत २०७९ फागुन २५ गतेदेखि सुरु भएको आगलागीले एकाएक यतिबेला जिल्लाको सम्पूर्ण क्षेत्र ओगटेको छ । पछिल्लो तथ्याङ्क दोब्बर मात्र होइन तेब्बरभन्दा बढी भइसकेको हुन सक्ने अनुमान लगाउँदै कार्यालयका सूचना अधिकारी खनालले भन्नुभयो, “हामीसँग आधिकारिक तथ्याङ्क आइपुगेको छैन तर हामीले पाएको सूचनाका आधारमा यतिबेला जिल्लाका प्रत्येक सामुदायिक वनमा डढेलो देखिएको छ ।” खडेरी र हावाहुरीका कारण डढेलो तीव्र गतिमा फैलिरहेको उहाँले बताउनुभयो ।
गत फागुन २५ देखि चैत १३ गतेसम्म चितवनका ३९ वटा सामुदायिक वनमा दुई हजार ८९९ हेक्टरमा डढेलो लागेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ। यो अवधिमा सरकारद्वारा व्यवस्थित वन क्षेत्रको मात्र एक हजार १५० हेक्टर वन डढेलोले सखाप पारेको छ।
निकुञ्जको १७ ठाउँमा डढेलो
सामुदायिक वन मात्र होइन ९५२ दशमलव ६३ वर्गकिलोमिटर क्षेत्रफल रहेको चितवन राष्ट्रिय निकुञ्जको अधिकांश क्षेत्र चितवनमा पर्छ। निकुञ्ज अनि त्यसको बरन्डाभार क्षेत्र अर्थात् मध्यवर्ती सामुदायिक वन पनि यतिबेला डढेलोको चपेटामा छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले वैशाख महिना लागेयता निकुञ्जको धेरै क्षेत्रमा आगो लागेको भेटिएको जानकारी दिनुभयो। वैशाख ४ गते अन्तिम पटक गरिएको रेकर्डमा निकुञ्जको १७ स्थानमा आगलागी भएको छ। आगलागीबाट बढी क्षति नहोस् भन्ने उद्देश्यले फायर लाइन क्लियर गरेर फैलावट रोक्ने काम भएको र केही ठाउँमा भने निभाउने काम भइरहेको उहाँले बताउनुभयो।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]