Listen Live: 

रत्ननगरमा एकदिने स्काउट क्याम्प सम्पन्न

Radio Chitwan
शनिबार, चैत्र ५, २०७८

रत्ननगर, चैत ५ । सनराइज स्कुल कृष्णपुर चितवनको आयोजनामा एकदिने स्काउट क्याम्प रत्ननगर ९ स्थित टिकौली होमस्टेमा सम्पन्न भएको छ ।
क्याम्पमा १५० जना सकाउटका विद्यार्थी सहभागी थिए । क्याम्पमा साहसी क्रियाकलापअन्तर्गत प्याराजम्प, मनोरञ्जनात्मक क्रियाकलापअन्तर्गत नृत्य तथा सांगीतिक कला प्रस्तुति, सिर्जनात्मक कार्यत्रलम, फेस पेन्टिङ, बौद्धिक तथा शारीरिक कार्यक्रम स्काउटर दिनेश पाण्डे, जमुना शर्मा, लक्ष्मी भट्ट, लक्ष्मी चालिसे, सुवास ढकाल, नानीमाया सापकोटालगायतले सञ्चालन गरेका थिए ।
नेपाल स्काउट एण्ड गाइड फेलोसिपका उपाध्यक्ष तीर्थराज न्यौपानेले संस्थाको तर्फबाट वागल वितरण गर्दै अन्तर्राष्ट्रिय स्काउट गाइड फेलोसिप सन् १९६० को अन्त्यतिर जन्म भई नेपालमा २०५८ सालदेखि नेपाल स्काउट गाइड फेलोसिप स्थापित भएको बताए । उनले सो संस्था राजनीतिबाट अलग रही स्काउटिङ क्रियाकलापमा सहयोग पु¥याउँदै आएको बताए ।
कार्यक्रममा सनराइज स्कुलका प्रिन्सिपल शिवकुमार वाग्लेले सहभागी विद्यार्थीलाई स्र्काप वितरण गर्दै विद्यार्थीकालमा स्काउटसम्बन्धी कुरा सुनेको तर अनुभूति प्राप्त गर्ने अवसर नभएकोमा स्काउटका माध्यमबाट विद्यार्थीमा कुशल नागरिक निर्माण हुनेमा विश्वास लागेको बताए ।
सो कार्यक्रममा भाइस प्रिन्सिपल भूमिराज तिवारी, चन्द्रमोहन काकीृलगायतको उपस्थिति रहेको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram