Listen Live: 

चितवन–२ मा उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले जनताको सेवक बनेर काम गर्ने

Radio Chitwan
बुधबार, बैशाख ६, २०८०

चितवन, वैशाख ६(

उपनिर्वाचनमा नेकपा एमालेबाट चितवन–२ मा उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले जनताको सेवक बनेर काम गर्ने बताएका छन् ।

आज बिहान नारायणगढको पोखरा बसपार्कमा आयोजित कोणसभालाई सम्बोधन गर्दै न्यौपानेले भने, ‘म निर्वाचित भएर गएपछि सांसद होइन, तपाइँहरुको सेवक बनेर काम गर्छु ।’

देशमा यहाँ किसान, व्यवसायी, महिला, युवा सबैका समस्या रहेका उल्लेख गर्दै उम्मेदवार न्यौपानेले सबै समस्याको समाधानका लागि सरकारलाई दबाब दिने बताए । ‘यहाँ धेरै समस्या छन्, सबै समस्या एकपटक समाधान हुँदैनन्’ न्यौपानेले भने, ‘प्राथमिकताको आधारमा समस्या समाधानका लागि मेरो प्रयास रहन्छ ।’ अहिलेसम्म आफूले कुनै पनि गलत काम नगरेको र अबका दिनमा पनि गलत नगर्ने उनले प्रतिबद्धता जनाए ।

भरतपुरलाई व्यवसायिक केन्द्रको रुपमा विकास गर्दै इच्छाकामनालाई पर्यटकीय क्षेत्र तथा कालिका नगरपालिकापालिकालाई औद्योगिक क्षेत्रकोरुपमा विकास गर्ने आफ्नो योजना रहेको न्यौपानेको भनाइ छ । भरतपुर देशकै केन्द्रमा रहेको यहाँ स्वास्थ्य, शिक्षासँगै व्यापारको राम्रो सम्भावना भएकाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित हुने न्यौपानेले बताए । चितवनको विकास निर्माणमा यहीँका युवाहरुको सहभागिता गराउने गरी आफूले योजना तयार पार्ने उनले बताए ।

सुन्दर चितवन, समृद्ध चितवन बनाउन महिला शक्तिको महत्वपूर्ण भूमिका हुने भन्दै आफूहरुले महिलाको सम्मान गर्दै आएको न्यौपानेले बताए । ‘नारी शक्तिका विरुद्ध अनर्गल प्रचार गर्ने र तथानाम गाली गर्ने प्रवृत्तिलाई हामी सहन गर्न सक्दैनौँ, त्यस्तो गर्नु भनेको समग्र नारीको अपमान गर्नु हो’ उनले भने ।

अखिल नेपाल महिला संघ ९अनेमसंघ० चुनाव प्रचार–प्रसार समिति चितवनले गरेको कोणसभालाई पूर्वमन्त्री एवम् नेकपा एमालेकी सचिव पद्मा अर्यालले सम्बोधन गर्दै महिलाहरुलाई माथि उठाउने सम्मान गर्ने एकमात्रै पार्टी नेकपा एमाले भएको बताइन् । ‘महिलालाई नेतृत्व दिनुपर्छ भनेर बहस र पैरवी गर्दै बोलेको कुरा प्रमाणित गरेर देखाउने पार्टी एमाले हो’ उनले भनिन्, ‘महिला राष्ट्रपति, महिलानै पार्टीको जिल्ला अध्यक्ष बनाउने पार्टी पनि एमाले नै हो, त्यसैले हामी बोल्नेमात्रै होइन, गरेर देखाउँछौँ ।’ एमाले सपना बाँड्ने पार्टी नभएको भन्दै बोलेका कुराहरु पूरा गर्ने पार्टी भएको अर्यालले बताइन् ।

महिलालाई माया गर्ने र महिलाको पक्षमा बोल्ने तथा कानून बनाउने पार्टी एमाले भएको अर्यालले बताइन् । ‘नारी शक्ति प्रदर्शन गर्न ¥याली गर्नु राम्रो हो, महिलाले चाह्यो भने सकारात्मक रिजल्ट दिन सक्छन्’ अर्यालले भनिन्, ‘यसपटक युवा तथा चितवनकै माटोमा भिजेका रामप्रसाद न्यौपानेलाई सूर्यमा भोट हालेर जिताएर पठाउन महिला दिदीबहिनीहरुसँग आग्रह गर्न चाहान्छु ।’ कोणसभा अघि अनेमसंघले नारायणगढको लायन्सचोकबाट वृहत ¥याली निकालेको थियो ।
महिलाहरुको अगुवाइमा निस्किएको ¥याली पुलचोक, मेनरोड, लिलाचोक हुँदै पोखरा बसपार्कमा पुगेर सभामा परिणत भएको थियो । सभाको अध्यक्षता नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य शिवकुमारी गोतामेले गरेकी थिइन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram