कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनमा ह्वात्तै गर्मी बढ्यो

चितवन,
चितवनमा ह्वात्तै गर्मी बढेको छ ।
भरतपुर विमानस्थलमा रेकर्ड भएको तथ्यांक अनुसार आजको तापक्रम ४० डिग्री सेल्सियस पुगेपछि गर्मी बढेको हो । न्यूनतम तापक्रम भने २३ डिग्री सेल्सियस रहेको छ । गर्मी बढेसँगै चितवनका बजारी क्षेत्रमा दिउँसो मानिसको चहलपहल घटेको छ । चैत ३० गते चितवनको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस रहेको थियो भने न्यून तापक्रम २० डिग्री सेल्सियस रहेको थियो । पाँच दिनमा नै तापक्रम चार डिग्री सेल्सियस बढेको छ ।
सर्तक रहन चिकित्सकको सुझाव
गर्मी बढेसँगै स्वास्थ्यमा विभिन्न गम्भीर समस्या देखापर्ने भएकोले सतर्क रहन चिकित्सकले अनुरोध गरेका छन् । भरतपुर अस्पतालका बरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलले गर्मी मौसममा कमजोरी, मृगौलामा समस्या, पानी कम हुने, हैजा, टाइफाइड, घाम र धूलोमा हिड्दा दम जस्ता समस्या देखिने भएकोले सर्तक हुनुपर्छ । त्यसैगरी यस समयमा सर्पदंश र लामखुट्टेबाट फैलने रोगहरुको समस्या देखिने डा पौडेलले बताए । यस समयमा कोरोना पनि फैलने उनको भनाइ छ । डा पौडेलले यसबाट बच्नको लागि घाममा नहिड्ने, झोलिलो खानेकुराहरु प्रशस्त खानको लागि सल्लाह दिएका छन् । उनले भरतपुर अस्पतालमा गर्मी सुरु भएसँगै रुघाखोकी र ज्वरोको बिरामी बढ्न थालेको जानकारी दिए
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

