कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले आफूले जितेर गएपछि जनताले गुनासो गर्नै नपर्नेगरी काम गर्ने

चितवन, चैत ३–
नेकपा ९एमाले०बाट चितवन–२ का उम्मेदवार रामप्रसाद न्यौपानेले आफूले जितेर गएपछि जनताले गुनासो गर्नै नपर्नेगरी काम गर्ने बताएका छन् ।
आफूले जनताको पक्षमा काम गर्ने उल्लेख गर्दै मतदातालाई गुनासो गर्ने ठाउँ नै नदिने बताएका हुन् ।
कालिका नगरपालिकाका विभिन्न वडामा आज भएको घरदैलो कार्यक्रममा एमाले उम्मेदवार न्यौपानेले जनताले दिएको विश्वास र भरोसालाई उँचो राख्दै यहाँका नागरिकका परिवारको सदस्य बनेर काम गर्ने बताए । ‘मैले यहाँहरुको विश्वास र भरोसालाई टुट्न दिने छैन’ न्यौपानेले भने, ‘संसद् चलेको बेलामा भन्दा अन्य बेलामा जनताका पिरमर्का र गुनासा सुन्नका लागि चितवन–२ मा घरदैलोमा समय बिताउनेछु ।’ चितवन बनाउन तथा यो क्षेत्र बनाउन सबैले लामो समयदेखि दुःख गरिरहेको उल्लेख गर्दै न्यौपोनले जिल्लाको विकास र समृद्धिमा सबैको योगदान रहनुपर्ने बताए ।
‘जनताको समस्या बाँकी छन्, समस्यालाई सम्बोधन गर्नुपर्नेछ, हामी त्यो अभियानमा केन्द्रित छौँ’ न्यौपानेले भने, ‘उम्मेदवारको हिसाबले म सूर्य ध्वजाबाहक उम्मेदवार छु, एमालेको उम्मेदवार छु, तर म सबै पार्टीको, सबै नागरिकको मनमनमा रहने भोलि पनि साझा जनप्रतिनिधि बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’ आफूले नैतिकवान समाज, व्यवस्थित समाज र सभ्य समाज निर्माण गर्ने कुरामा अगुवाई गर्ने न्यौपानेले बताए । जिल्लालाई समृद्धि र विकासमा अघि बढाउने कुरामा आफूले अगुवाई गर्ने उनको भनाइ छ ।
‘मलाई थाहा छ, किसानहरुका, युवाहरुका, महिलाहरुका थुप्रै समस्या छन्’ उनले भने, ‘सरकारी सेवामा भएको ढिलासुस्तीले नागरिकमा नैरास्यता पैदा गरेको छ त्यसलाई अन्त्य गर्दै समृद्ध समाज निर्माणमा लाग्ने प्रतिबद्धता जनाउँछु ।’ अहिले यो उपनिर्वाचन भविष्य निर्माण गर्ने विषय भएको भन्दै न्यौपानेले भने, ‘यो भविष्य निर्माणको अभियानमा हाम्रो सभ्यता कमजोर भयो भने, ठीक जनप्रतिनिधि चुन्न सकेनौँ भने, यही जिल्लाको जनप्रतिनिधि चुन्न सकेनौँ भने हामी कमजोर हुन्छौँ ।’ उनले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै भने, ‘सबैले यसपटक यही जिल्लाको समृद्धि र विकासमा खटिरहेको सूर्य ध्वजाबाहक उम्मेदवार, म राम न्यौपानेलाई विजयी गराउनुहुन अनुरोध गर्दछु ।’
कालिका नगरपालिकामा भएको एमालेको घरदैलो कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्री एवम् नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक पदम गिरीसमेत सहभागी थिए । एमालेको घरदैलो अभियान कालिकाका वडा नम्बर १, ४ र ५ मा भएको थियो । घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले घरघरमा पुगेर मत माग्नुका साथै विभिन्न स्थानमा भएको कोणसभालाई सम्बोधन समेत गरेका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]