नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक […]
पूर्वी चितवनको रत्ननगर नगरपालिकामा आइतवार एक युवाले आत्महत्याका गरे प्रयास

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा आइतवार एक युवाले आत्महत्याका प्रयास गरेका छन् । रत्ननगर १ सौराहाचोकमा रहेको होटल रिदमको कोठा नं २०१ मा आत्महत्याको प्रयास गरेका रत्ननगर १० पर्सौनी निवासी कृष्ण पौडेललाई रत्ननगर नगरपालिकाले तत्कालै उद्दार गरी ज्यान जोगाउन सफल भएको हो ।
पौडेलले सुसाइट नोट लेखी रत्ननगरका मेयर प्रल्हाद सापकोटालाई आफुले आत्महत्या गर्न लागेको भन्दै फोन गरेका थिए । पौडेलले फोन गरेको पाँच मिनेटमै मेयर सापकोटा, उपमेयर यादवप्रसाद पाठक सहित वडाध्यक्षहरु र नगर प्रहरीको टोली होटलमा पुगेर आत्महत्या गर्नबाट रोकेका थिए । “फोन गरेको पाँच मिनेटमै होटलमा पुगेर पौडेलको ज्यान जोगाउन सफल भयौं” मेयर सापकोटाले भने “सुुसाइट नोटमा पौडेलले लेखेको विषयलाई आधार बनाएर उनलाई न्याय दिन स्थानीय सरकार लाग्ने छ” ।
उपमेयर पाठकले बन्दकोठामा पौडेलले आत्महत्याको प्रयास गरेको र समयमै आफुहरु पुगेर ज्यान जोगाउन सफल भएको बताए । आफुले विश्वास गरेर बुबाको नामको जग्गा पास गरिदिएका दाईहरुबाट आफुलाई विश्वास घात भएको पौडेलले सुसाइट नोटमा लेखेका छन् । उनले रामप्रसाद पौडेल, सुर्दशन आचार्य, विनोद पौडेल, रामशरण नेपालबाट आफुले धोका पाएको उल्लेख गरेका छन् ।
व्यवहार विग्रिएपछि दाजुभाई, आफ्न्तहरुसंग सम्बन्ध विग्रिएको र श्रीमतिले समेत सम्बन्ध बिच्छेद्को माग गरेपछि आफु आत्महत्या गर्ने निर्णयमा पुगेको पौडेलले सुसाइट नोटमा लेखेका छन् ।
कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]