कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पूर्वपश्चिम राजमार्गको टिकौली जंगल अन्तर्गत पर्ने जैविक राजमार्ग सरसफाई

रत्ननगर । बन्यजन्तु सप्ताह २०८० को तेस्रो दिन आइतबार पूर्वपश्चिम राजमार्गको टिकौली जंगल अन्तर्गत पर्ने जैविक राजमार्ग सरसफाई गरिएको छ ।
मध्यवर्ती सामुादायिक बन उपभोक्ता समुहको अगुवाइमा रत्ननगर वडा नं ९ र १० अन्तर्गत पर्ने वरण्डाभार क्षेत्रको जैविक राजमार्ग सरसफाई गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर प्रमुख सरोजमणि पौडेलले टिकौली जंगलदेखि गोन्द्रङ सम्मको क्षेत्र वन्यजन्तु ओहोरदोहोर गर्ने जैविक मार्ग रहेको भन्दै यस क्षेत्रमा फोहोर फाल्नेले कानुन बमोजिक कारबाही हुने बताए ।
वन्यजन्तु ओहोर दोहोर गर्ने, पर्यटक आउँने जाने र हेर्ने भएकाले राजमार्ग छेउछाउमा फालेको फोहोरले सोभा नदिने बताए । कार्यक्रमको उद्घाटन गरेलगतै संरक्षणकर्मी र सुरक्षाकर्मीहरुले वरण्डाभार क्षेत्रको राजमार्ग छेउछाउ सरसफाई गरेका थिए । सहभागीहरुले राजमार्ग छेउछाउमा फालेका प्लाष्टिक र सिसाजन्य फोहोर संकलन गरी व्यवस्थापन गरेका थिए । सो अबसरमा बाघमार मध्बर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जीतु तामाङले जैविक मार्ग सरसफाईमा निरन्तरता दिनु पर्ने बताए ।
टिकौलीमा हुने फोहोरले दुर्लभ वन्यजन्तुमा गम्भीर असर परेको भन्दै उनले जनस्तरमा सचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताए । टिकौली मध्यवर्ती सामुादायिक वन उपभोक्ता समुहका कार्यबाहक अध्यक्ष रामकृष्ण बगालेको अध्यक्षतामा भएको कार्यक्रममा पञ्चकन्या सामुदायिक बन उपभोक्त समुहका अध्यक्ष कृष्ण बगालले, मृगकुञ्ज उपभोक्ता समितिकी सदस्य सरस्वती लामा, सामाजिक तथा सरसफाई अभियन्ता ज्ञानेन्द्रराज पाण्डे, नेपाली सेना, समुदायमा आधारित चोरी शिकार नियन्त्र युवा जागरण अभियान बछौलीका अध्यक्ष बसन्त राना लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम टिकौली मध्यवर्ती सामुादायिक वनका सचिव कृष्णप्रसाद आचार्यले सञ्चालन गरेका थिए । सरसफाई कार्यक्रममा मृगकुञ्ज उपभोक्ता समिति, बाघमारा मध्यवर्ती, समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान,पञ्चकन्या सामुदायिक वन, नेपाली सेनाको समेत सहभागिता रहेको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

