Listen Live: 

भरतपुरमा ९५ वर्ष माथिका दुई ज्येष्ठ नागरिक सम्मानित

Radio Chitwan
आइतवार, बैशाख ३, २०८०

चितवन, वैशाख ३(

भरतपुरमा ९५ वर्ष माथिका दुई ज्येष्ठ नागरिक सम्मानित भएका छन् ।

जेष्ठ नागरिक संघ चितवनको तेस्रो वार्षिक साधारणसभाको अवसरमा भरतपुरका उपमेयर चित्रसेन अधिकारीले दुई ज्येष्ठ नागरिकलाई सम्ममानि गरेका हुन् ।

संघको साधारणसभाको उद्घाटन कार्यक्रममा भरतपुर महानगरपालिकाका उपमेयर अधिकारीले ज्येष्ठ नागरिकहरूलाई सजिलो र सहजरुपमा सेवा पु¥याउनेमा भरतपुर महानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे । उनले ज्येष्ठ नागरिक राज्यका अभिभावक भएकै कारण उनीहरुलाई राज्यले विभेद गर्न नमिल्ने पनि बताए । उपमेयर अधिकारीले पुर्वाधार मात्र विकास नभएर ज्येष्ठ नागरिकको समस्या समाधान गर्नु पनि विकासकै स्वरुप भएको समेत प्रष्ट पारे ।

ज्येष्ठ नागरिकहरु संस्कृतिको धरोहर भएको प्रष्ट पार्दै ज्येष्ठ नागरिकलाई राज्यले दोस्रो दर्जाको रुपमा हेरेको भन्दै राज्यबाट पाउनुपर्ने सेवा सुविधाहरु नपाएकोमा आपत्ति समेत प्रकट गरे । उनले महानगरको उपप्रमुखको सचिवालय ज्येष्ठ नागरिकका लागि २४ सै घन्टा खुल्ला रहने समेत प्रतिबद्धता जाहेर गरे ।

ज्येष्ठ नागरिकहरुको संरक्षणमा भरतपुर महानगरपालिका सधै साथमा रहेको स्मरण गराउँदै उनले महानगर अहिले ज्येष्ठ नागरिक आश्रम निर्माण गर्ने तयारीमा रहेको जानकारी गराए । दिवाकालिन ज्येष्ठ नागरिक आश्रम आजको आबश्यकता हो उपमेयर अधिकारीले भने । वडा तहबाटै कामको सुरुवात गरेर प्रक्रियामा आउनु महानगर आश्रम बनाइ दिन तयार छ ।

कार्यक्रममा बागमती प्रदेश सांसद कृष्णप्रसाद सिलवाल, राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, चितवन क्षेत्र न २ का पूर्वसांसद कृष्णभक्त पोखरेल, भरतपुर १० का पूर्व वडा अध्यक्ष अरुणपीडित भण्डारी, साहित्यकार गोविन्दराज विनोदीलगायत अन्य समाजका लब्ध प्रतिष्ठित ब्यक्तिहरुलाई सम्मान गरिएको छ ।

त्यस्तै कार्यक्रममा सस्थाका सचिव भोजराज न्यौपानेले संस्थाले अहिलेसम्म गरेका क्रियाकलाप एवम् भावी कार्यक्रमहरुको बारेमा वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष विष्णुप्रसाद रेग्मीले आर्थिक वर्ष २०७८्०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा बागमती प्रदेश सासद उत्तम जोशी, जिल्ला समन्वय समिति चितवनका पूर्वप्रमुख कृष्णकुमार डल्लाकोटी, राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, चितवन क्षेत्र न २ बाट अहिले संघीय सांसदमा उम्मेदवारी दिएका जितनारायण श्रेष्ठ, संस्थाका उपाध्यक्ष माधब शर्मा घिमिरे,साहित्यकार गोबिन्दराज बिनोदी लगायतले मन्तव्य राखेका थिए ।

संस्थाले जिल्लाको ६४ वटा वडाहरुमा उपशाखा बिस्तार गरिसकेको छ भने बाँकी वडाहरुमा पनि शाखा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ । नेपालमा ३० लाख बढी जेष्ठ नागरिकहरु रहेको २०७८ को जनगणनाले देखाएको छ । देशका ७४ जिल्लामा जेष्ठ नागरिक संघ स्थापना भइसकेका छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram