Listen Live: 

आगामी जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा

Radio Chitwan
शनिबार, चैत्र ५, २०७८

चैत ५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि विद्यार्थीहरूको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि परीक्षा जेठ १८ गतेदेखि सञ्चालन गर्नेबारे छलफल भएको थियो । परीक्षा जेठ २५ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो । उहाँले परीक्षा तालिकासहित थप विवरण राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा राख्नेसमेत बताउनुभयो । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई मध्येनजर गरी परीक्षा समय तोकिएको उहाँको भनाइ छ ।
यो वर्षको एसईई वैशाख ९ गतेदेखि हुने
माध्यामिक शिक्षा परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने बोर्डको निर्णय
बोर्डले अनलाइन माध्यममार्फत प्रश्नपत्र परीक्षा केन्द्रमा पठाउने जनाएको छ । योसँगै कक्षा १२ को परीक्षा सम्बन्धमा अन्योलता हटेको छ । गत दुई वर्ष कोभिडका कारण होमसेन्टरमा परीक्षा सञ्चालन हुँदै आएको थियो । यो वर्ष करिब चार लाख विद्यार्थीले १२ कक्षाको परीक्षा दिँदै छन् ।

आन्य समाचारहरु:-
September 23, 2023
सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]

September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

July 5, 2023
एसईईको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी, आज बोर्ड बैठक बस्दै

काठमाडौं,असार २०- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । गएको चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र […]

May 8, 2023
सोच परिवर्तनको दोस्रो वार्षिकोत्सव

गुञ्जनगर । भरतपुर–१८ स्थित सोच परिवर्तन नेपालले आफ्नो दोस्रो वार्षिकोत्सव विविध कार्यक्रम गर्दै सप्ताहव्यापीरुपमा मनाएको छ । सो अवसरमा उद्घोषण, वृक्षरोपण, रक्तदान, स्कुलस्तरीय हाजिरीजवाफ प्रतियोगितालगायतका कार्यक्रम सम्पन्न गरेको हो । […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram