Listen Live: 

उम्मेदवार जीतनारायण श्रेष्ठले आफू निर्वाचित भए मतदाताको शिर झुक्ने अवस्था आउन नदिने जनाए प्रतिबद्धता

Radio Chitwan
आइतवार, बैशाख ३, २०८०

चितवन, वैशाख २(

उपनिर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार जीतनारायण श्रेष्ठले आफू निर्वाचित भए मतदाताको शिर झुक्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेसका निवर्तमान जिल्ला सभापतिसमेत रहेका श्रेष्ठले शनिबार भरतपुरका विभिन्न वडामा घरदैलोको क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले आफू निर्वाचित भए गलत मान्छेलाई भोट हालिएछ भन्ने अवस्था आउन नदिने बताए । ‘जीतनारायण श्रेष्ठलाई तपाइँहरुले मत हाल्दै गर्दा भोलिका दिनमा कहीँ कतै गलत मान्छेलाई भोट हालिएछ भनेर शिर झुक्न दिने छैन’, उनले भने ।
हिजोका दिनमा सडकमा नारा लगाएको स्मरण गर्दै श्रेष्ठले अब सदनमा बेतिथिविरुद्ध आवाज उठाउने प्रतिबद्धता जनाए । ‘हिजो सडकमा नारा लगाउने केटो भोलि संसदमा हुने बेतिथिको विरुद्धमा बोल्न सक्ने हिम्मत राखेर आएको छुु’, उनले भने ।

आफू सधैं जनताको साथमा रहेर अघि बढेको बताउँदै उनले आगामी दिनमा पनि जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाए । २०७२ सालमा चेपाङ गाउँमा भूकम्पले भत्किएका घर बनाउन गरेको काम र शक्तिखोरमा अस्पताल बनाउन परिवारबाट गरिएको १० कट्ठा जग्गा दान स्मरण गर्दै आफूले प्रचारबाजी भन्दा काममा सधैं जोड दिएको उनको भनाइ थियो ।

जनताले मत दिएर विजयी एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने उनको प्रतिबद्धता छ । ‘मलाई मत दिनुहोस् । मेरो पनि ७२ वर्षको आमा हुनुहुन्छ । मैले एक रुपैयाँ पैसा खाएछु भने आमाको रगत खानु सरह हुनेछ’, उनले भने । सांसद भनेको जीतनारायण श्रेष्ठ जस्तो हुनुपर्छ भन्ने गर्व गर्न लायक काम गरेर देखाउने उनको भनाइ थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram