Listen Live: 

पछिल्लो केही दिन यता जिल्लाका केही पशुमा लम्पी स्किन रोग देखिन सुरु

Radio Chitwan
आइतवार, बैशाख ३, २०८०

चितवन, वैशाख २(

चितवनका पशुमा ‘लम्पी स्किन’ को संक्रमण देखा परेको छ ।

पछिल्लो केही दिन यता जिल्लाका केही पशुमा लम्पी स्किन रोग देखिन सुरु गरेको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख सुशिल केसीका अनुसार अहिले चितवनका इच्छाकामना गाँउपालिका, माडी नगरपालिका, कालिका, राप्ती र खैरहनी नगरपालिकामा १००–१५० वटा गाईमा पछिल्लो समय लम्पी स्किनको संक्रमण देखिएको छ । तर, उनले दिएको जानकारी अनुसार यस समय भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाका पशुमा भने लम्पी स्किन रोग देखा परेको छैन । उनी भन्छन्, ‘अहिले सम्म नेपालमा यस रोगको खोप नबनेकोले पशुपालक किसानले विशेष गरी सरसफाइसँगै पशु ओसारपसार गर्दा ध्यान दिनुपर्छ ।’ यस सरुवा रोग नियन्त्रण गर्न केन्द्रले किसानलाई सचेत गराए पनि फैलने जोखिम रहेको उनले जानकारी दिए ।

लम्पी स्किन रोग मुख्य गरी गाईमा देखा पर्ने र यसको मृत्यु दर कम भए पनि राप्ती नगरपालिकामा भने यस वर्ष एउटा गाईको मृत्यु भइ सकेको उनले जानकारी दिए । उनका अनुसार जिल्लाका पशु फर्ममा भन्दा पनि एक दुई वटा गाई पालेको ठाउँमा यो लम्पी स्किन रोग देखिएको छ ।

त्यस्तै लम्पी स्किन रोग एक सरुवा रोग भएकोले जिल्लामा फैलने जोखिम भएको राष्ट्रिय गाई अनुसन्धान कार्यालय रामपुरका प्राविधिक यज्ञराज पाण्डेले जानकारी दिए । विसं २०७७ सालमा पहिलो पटक झापामा देखिएको भए पनि पछि देशै भर फैलिएको उनले जानकारी दिए । यो रोग किर्ना, लामखुट्टे, भुसुना, झिँगाको टोकाइबाट गाईभैँसीमा सर्ने उनले बताए ।

उनले दिएको जानकारी अनुसार यो भाइरल रोग लागेका पशुको शरीरका विभिन्न भाग तथा भित्री तहमा बिबिरा, गाँठागुठी देखिने, गिर्खा आउने, ज्वरो आउने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, सिँगान–र्याल आउने, खुट्टा सुनिने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन कम हुने जस्ता लक्षण देखापर्छन् । यो रोगले पशु मर्न पनि सक्छन् । तर, मृत्यु दर भने निकै कम हुने गर्छ।

लम्पी स्किन रोग नियन्त्रणका लागि अहिलेसम्म ठोस उपचार र भ्याक्सिन विकास नभएकाले रोगको लक्षण अनुसार उपचार गर्नुपर्ने रोग लागेका पशुचौपायालाई छुट्टै आइसोलेसन सेडमा राखेर उपचार गर्नुपर्ने उनको भनाइ हो । उनी भन्छन्, ‘संक्रामक रोग भएकाले एकबाट अर्को पशुमा सर्न सक्ने हुँदा बिरामी पशुलाई सकेसम्म करिब १० मिटर पर अलग गोठमा राख्नुपर्छ ।’ उनका अनुसार लामखुट्टे, झिँगा, उपियाँ किर्नाले रोगी पशुलाई टोकेर निरोगी पशुलाई टोक्दा रोग सर्ने हुँदा गोठमा निर्मलीकरण गर्नुपर्छ । गोठ वरपर किटनाशक विषादी छर्दै, झिँगा लाग्न दिनुहुँदैन र पटक पटक घाउमा मलम लगाउनुपर्ने उनको सुझाव छ ।

चितवनमा पहिलो पटक यस लम्पी स्किन रोग २०७७ साल साउन ८ गते राप्ती–८ मा देखिएको थियो ।

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

October 30, 2023
भरतपुर–२२ का वडाबासीले पाउने भए निःशुल्क रगत, रेडक्रससंग वडा अध्यक्षले महतोले गरे सम्झौता

चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]

October 30, 2023
जरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु

काठमाडौं, कात्तिक १३- गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram