कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पछिल्लो केही दिन यता जिल्लाका केही पशुमा लम्पी स्किन रोग देखिन सुरु

चितवन, वैशाख २(
चितवनका पशुमा ‘लम्पी स्किन’ को संक्रमण देखा परेको छ ।
पछिल्लो केही दिन यता जिल्लाका केही पशुमा लम्पी स्किन रोग देखिन सुरु गरेको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख सुशिल केसीका अनुसार अहिले चितवनका इच्छाकामना गाँउपालिका, माडी नगरपालिका, कालिका, राप्ती र खैरहनी नगरपालिकामा १००–१५० वटा गाईमा पछिल्लो समय लम्पी स्किनको संक्रमण देखिएको छ । तर, उनले दिएको जानकारी अनुसार यस समय भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाका पशुमा भने लम्पी स्किन रोग देखा परेको छैन । उनी भन्छन्, ‘अहिले सम्म नेपालमा यस रोगको खोप नबनेकोले पशुपालक किसानले विशेष गरी सरसफाइसँगै पशु ओसारपसार गर्दा ध्यान दिनुपर्छ ।’ यस सरुवा रोग नियन्त्रण गर्न केन्द्रले किसानलाई सचेत गराए पनि फैलने जोखिम रहेको उनले जानकारी दिए ।
लम्पी स्किन रोग मुख्य गरी गाईमा देखा पर्ने र यसको मृत्यु दर कम भए पनि राप्ती नगरपालिकामा भने यस वर्ष एउटा गाईको मृत्यु भइ सकेको उनले जानकारी दिए । उनका अनुसार जिल्लाका पशु फर्ममा भन्दा पनि एक दुई वटा गाई पालेको ठाउँमा यो लम्पी स्किन रोग देखिएको छ ।
त्यस्तै लम्पी स्किन रोग एक सरुवा रोग भएकोले जिल्लामा फैलने जोखिम भएको राष्ट्रिय गाई अनुसन्धान कार्यालय रामपुरका प्राविधिक यज्ञराज पाण्डेले जानकारी दिए । विसं २०७७ सालमा पहिलो पटक झापामा देखिएको भए पनि पछि देशै भर फैलिएको उनले जानकारी दिए । यो रोग किर्ना, लामखुट्टे, भुसुना, झिँगाको टोकाइबाट गाईभैँसीमा सर्ने उनले बताए ।
उनले दिएको जानकारी अनुसार यो भाइरल रोग लागेका पशुको शरीरका विभिन्न भाग तथा भित्री तहमा बिबिरा, गाँठागुठी देखिने, गिर्खा आउने, ज्वरो आउने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, सिँगान–र्याल आउने, खुट्टा सुनिने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन कम हुने जस्ता लक्षण देखापर्छन् । यो रोगले पशु मर्न पनि सक्छन् । तर, मृत्यु दर भने निकै कम हुने गर्छ।
लम्पी स्किन रोग नियन्त्रणका लागि अहिलेसम्म ठोस उपचार र भ्याक्सिन विकास नभएकाले रोगको लक्षण अनुसार उपचार गर्नुपर्ने रोग लागेका पशुचौपायालाई छुट्टै आइसोलेसन सेडमा राखेर उपचार गर्नुपर्ने उनको भनाइ हो । उनी भन्छन्, ‘संक्रामक रोग भएकाले एकबाट अर्को पशुमा सर्न सक्ने हुँदा बिरामी पशुलाई सकेसम्म करिब १० मिटर पर अलग गोठमा राख्नुपर्छ ।’ उनका अनुसार लामखुट्टे, झिँगा, उपियाँ किर्नाले रोगी पशुलाई टोकेर निरोगी पशुलाई टोक्दा रोग सर्ने हुँदा गोठमा निर्मलीकरण गर्नुपर्छ । गोठ वरपर किटनाशक विषादी छर्दै, झिँगा लाग्न दिनुहुँदैन र पटक पटक घाउमा मलम लगाउनुपर्ने उनको सुझाव छ ।
चितवनमा पहिलो पटक यस लम्पी स्किन रोग २०७७ साल साउन ८ गते राप्ती–८ मा देखिएको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

