Listen Live: 

एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले मतदाताको गुनासो सुन्दै घरदैलोलाई बनाए तीव्र

Radio Chitwan
आइतवार, बैशाख ३, २०८०

चितवन, चैत २(

वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन–२ का एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले मतदाताको गुनासो सुन्दै घरदैलोलाई तीव्र बनाएका छन् ।

न्यौपानेले चितवनको क्षेत्र नम्बर २ मा पर्ने प्रत्येक गाउँमा पुगेर स्थानीय मतदाताको गुनासो सुन्ने गरेका हुन् ।

उनले आज भरतपुर महानगरपालिकाको वडा नम्बर २९ र इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ मा घरदैलो गरेका छन् । उम्मेदवार न्यौपानेले घरदैलोका क्रममा मतदाताहरुले गरेको गुनासो सम्बोधन गर्ने बताएका छन् । अघिल्लो पटक भएको गल्तीलाई सुधार्नका लागि पनि यो उपनिर्वाचन महत्वपूर्ण हुने न्यौपानेले बताए ।

स्थानीयले न्यौपानेसँग खानेपानी, सडक, स्वास्थ्य र शिक्षाका बारेमा गुनासा गरेका थिए । न्यौपानेले यसअघि एमालेबाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले चितवन–२ मा धेरै कामहरु गरेका उल्लेख गरे । यस क्षेत्रमा बाँकी रहेका स्वास्थ्य, शिक्षा, सडक, खानेपानीलगायत जनताको समस्या सम्बोधन गर्न आफू हरदम तयार रहेको न्यौपानेले बताए ।

आफू यही चितवनमा पढेको र बढेको उल्लेख गर्दै चितवनका जनताको गुनासाका बारेमा जानकार भएकाले यहाँको समस्या समाधान गर्नका लागि खरोरुपमा उत्रने न्यौपानेले बताए । निर्वाचित भएर गएपछि आफू आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर आउने र मतदाताको गुनासो र समस्या समाधानमा प्रतिबद्ध रहने न्यौपानेले बताए । यस क्षेत्रका मतदाताहरुले न्यौपानेलाई स्वागत गर्दै अबिर र टीका लगाएर जितका लागि आशिर्वाद एवम् शुभकामना दिएका छन् ।

आज शनिबार भएको घरदैलोका क्रममा न्यौपानेसँगै एमाले नेताहरु कृष्णभक्त पोखरेल, नारायणप्रसाद अधिकारी, श्रीप्रसाद दवाडी, विद्यार्थी नेताहरु तथा स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । आइतबार न्यौपानेले कालिका नगरपालिकाको विभिन्न वडामा घरदैलो गर्ने कार्यक्रम तय गरिएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram