कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनको झण्डै तीन हजार ९०० हेक्टर वन क्षेत्रमा पछिल्लो एक महिनादेखि डढेलो

चितवन, वैशाख २–
चितवनको झण्डै तीन हजार ९०० हेक्टर वन क्षेत्रमा पछिल्लो एक महिनादेखि डढेलो लागेको छ ।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकृत बालकृष्ण खनालका अनुसार गत चैत १३ गतेसम्मको तथ्यांकमा चितवनको तीन हजार ९०० हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो ।
सूचना अधिकृत खनालले फागुन २५ गतेदेखि डढेलो लाग्न सुरु भएको वन क्षेत्रमा नियन्त्रण गर्दा पनि कतिपय ठाउँमा अझै कायमै रहेको जानकारी दिए ।
वनमा लागेको डढेलो कायमै रहे पनि नियन्त्रण बाहिर नगएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकृत खनालले जानकारी दिए । सूचना अधिकृत खनालले एक हजार १५० हेक्टर क्षेत्रफलमा राष्ट्रिय वन र सामुदायिक, कबुलियती तथा अन्य राजमार्ग छेउमा रहेका वनहरुमा दुई हजार ७५० हेक्टर क्षेत्रफलमा डढेलो लागेको बताए । उनले भने,‘ झन्डै तीन हजार ९०० हेक्टर वनमा डढेलो सल्केको पाइयो, जहाँजहाँ डढेलो लागेको छ, त्यहाँ साना–साना बोटबिरूवाहरु मरेका छन् भने वन्यजन्तुलाई पनि असर परेको छ ।’
भरतपुर महानगर वडा नं–१, २, ११ र १२ मा रहेको वन क्षेत्रमा डढेलो लागेको खनालले बताए । उनले इच्छाकामना गाउँपालिकाको ७ नं वडामा रहेको वनमा पनि चैत २९ गते देखि डढेलो लागेको जानकारी दिए । उनले भने, ‘अझै चितवनका वन क्षेत्रमा लागेको डढेलो पूर्ण नियन्त्रणमा आइसकेको छैन, तर नियन्त्रण बाहिर पनि गएको छैन, जोखिम कम हुँदै गइरहेको छ ।’ उनले फागुनको अन्तिम साताबाट चितवनको वनमा डढेलो लाग्न सुरु भएको बताए । उनले भने, ‘पानी नपर्दासम्म डढेलोको जोखिम रहन्छ, गत वर्ष भन्दा यस वर्षमा धेरै जोखिम रहने देखिएको छ ।’ उनले पानी परेन भने जेठको १५ सम्ममा डढेलोको उच्च जोखिम हुने बताए ।
चितवनमा रहेका बरण्डाभार वन क्षेत्रमा डढेलोको जोखिम बढी छ । विशेषगरी चैत–वैशाख र जेठ महिनामा वनमा बर्सेनि डढेलो लाग्दै आइरहेको छ । राजमार्ग र बस्तीसँग जोडिएका सामुदायिक वनहरुमा डढेलोको जोखिम बढी रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयले नियुक्त गरेको १० कर्मचारी, सामुदायिक वनका कर्मचारी, हरित स्वयंसेवकलगायतले धेरै ठाउँमा लागेको डढेलोे नियन्त्रणमा लिन सहयोग पु¥याएको बताए । उनले भने, ‘अब एक÷दुई ठाउँमा बाँकी होला, तर धेरै ठाउँमा नियन्त्रणमा आइसकेको छ ।’ यहाँका १७ सामुदायिक वनहरुमा सालको रुख बढी छ, सुकेका पातहरु प्रशस्त झर्छ, वनसँगै बस्तीहरु जोडिएका छन्, राजमार्ग छेउमा जंगलहरु छन्, जसका कारण आगलागी तथा डढेलोको जोखिम बढी हुने डिभिजन वन कार्यालयले जनाएको छ । आगलागीको घटना हुन नदिन सबैभन्दा ठूलो सचेतना हो, सामूहिक प्रयासकै कारण आगलागीको घटना हुनबाट बच्न सकिने खनाल बताउँछन् ।
उनले भने, ‘यसवर्ष समयमा पानी परेन, सुख्खा समय रहेका कारण डढेलो बढी लाग्यो ।’ हेरालुहरुलाई सजग गराइएको छ, डढेलो नियन्त्रणमा खटिने कर्मचारीदेखि औजारहरुलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ । उनले मौसम सफा नहुँदा, पानी नपर्दा वायु प्रदूषण भएको बताए । उनले वायु प्रदूषणका कारण आँखा पोल्ने, स्वास प्रस्वासमा समस्या,दमलगायत हुने बताए ।
वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलका अनुसार चितवन, पर्सा, प्युठानलगायतका क्षेत्रमा अन्यत्र भन्दा बढी डढेलो फैलिएको छ । डढेलोका कारण वायु प्रदूषण अत्यधिक बढेको बताए । उनले बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको बताए । उनले भने, ‘प्रदूषणका कारण आँखा पोल्ने, स्वासप्रस्वासमा समस्या हुने, मुटुका बिरामीहरु बढी प्रभावित हुन्छन् ।’ उनले फोहोरजन्य पदार्थ बाल्दा वायु प्रदूषण झनै बढ्ने भएकाले यस्तो कार्य नगरी दिन अनुरोध गरेका छन् । फोहोर जन्य वस्तु बाल्दा वायु प्रदूषण झनै बढ्ने भएकोले यस्तो कार्य नगर्न र विशेष सावधानी अपनाउन प्रवक्ता पौडेलले अनुरोध गरेका छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]