Listen Live: 

चितवनमा २८औं वन्यजन्तु सप्ताह शुक्रबार देखि सुरु

Radio Chitwan
शुक्रबार, बैशाख १, २०८०

रत्ननगर । चितवनमा २८औं वन्यजन्तु सप्ताह शुक्रबार देखि सुरु भएको छ ।

दुर्लभ वन्यजन्तु संरक्षणको लागि दायित्व बोध गराउने खालमा कार्यक्रमको आयोजना गरि बैशाख १ गते देखि ७ गते सम्म एक हप्ता उक्त सप्ताह मनाउदै आइएको छ । समन्वय, सहकार्य र सहअस्थित्व स् वन्यजन्तु संरक्षणमा हाम्रो साझा दायित्व भन्ने मुल नाराका साथ सप्ताह सुरु भएको छ ।

सौराहामा एक औपचारिक कार्यक्रमको आयोजना गरी सप्ताहको उद्घाटन गरिएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको अगुवाईमा सामुदायिक वन, पर्यटनसंग सम्बद्ध संघसंस्थाहरुको सहकार्यमा उद्घाटन कार्यक्रम गरिएको हो । कार्यक्रममा वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष टीका गिरीले पछिल्लो समय दुर्लभ एकसिंगे गैंडा मर्ने र मार्ने क्रम बढेको भन्दै संरक्षणको संयन्त्रलाई सक्रिय बनाउनु पर्ने बताए ।

निकुञ्जका वन्यजन्तु संकटमा रहेको भन्दै उनले यिनीहरुको पीडा मानबले बुझ्न सक्ने अबस्था सृजना हुन सके संरक्षणले सार्थकता प्रदान गर्ने बताए । बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङले संरक्षण मार्फत पर्यापर्यटन र जीविकोपार्जनको बलियो आधार तयार हुनपर्ने बताए ।

उनले मानव वन्यजन्तु बीचको द्धन्द्ध न्यूनीकरण गर्न समुदाय केन्द्रीत गतिविधि अगाडि बढाउनु पर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँले मानव वनयजन्तु बीचको द्धन्द्धका कारण संरक्षणमा संकट निम्तिएको भन्दै यसका लागि स्थानीय तहसंग सहकार्य गरि संरक्षणमुलक कार्यक्रम अगाडि बढाउनु पर्ने बताए ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले समुदाय, निकुञ्ज र नेपाली सेनाको त्रिपक्षिय सहकार्यबाट मात्र संरक्षण सम्भव रहेको भन्दै यो सहकार्यलाई पुनर्ताजगी गर्न आवश्यक रहेको बताए । वन्यजन्तुको सहअस्थित्व मानवले स्विकार्न सके संरक्षण थप प्रभावकारी रुपमा अगाडि जाने उनको भनाई छ ।

सप्ताह अन्तर्गत बैशाख २ गते पडरिया तथा खगेरी खोला सरसफाई, बैशाख ३ गते टिकौलीमा राजमार्ग सरसफाई, बैशाख ४ गते वन्यजन्तुको आनिवानी र वन्यजन्तुको आक्रमणबाट बच्ने उपायबारे अन्तरक्रिया, बैशाख ५ गते ध्वनी तथा फोहोर प्रदुषणा न्यूनीकरणका लागि चेतनामुलक (याली र सप्ताहको अन्तिम दिन विद्यार्थीहरुलाई वन अबलोकन, डुंगा सयर तथा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । अन्तिम दिन स्थानीय निकायका जनप्रतिनिधि तथा संरक्षणका साझेदार संस्थाहरु बीच अन्तरक्रिया तथा समापन कार्यक्रम हुने मृगकुञ्जका कार्यालय सचिव यौवनकुमार पराजुलीले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा वडा नं ७ वडाध्यक्ष सजना महतो, वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारी, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरी, जनकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जोगेन्द्र महतो, समुदायमा आधारित चोरी सिकार नियन्त्रणका अध्यक्ष वसन्त राना, राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्व प्रमुख रामकुमार अर्याल लगायतले मन्तब्य राखेका थिए ।

चितवन निकुञ्ज, टिकौली, मिलिजुली, चित्रसेन, बाघमारा, जनकौली मध्यवर्ती सामुदायिक वन, क्षेत्रीय होटल संघ, रेवान सौराहा, नेचर गाईड एशोसियसन, वर्ड एजुकेशन सोसाईटी, समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान बछौली सप्ताहमा साझेदार संस्था हुन ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram