Listen Live: 

महालेखाले भरतपुरलाई भन्यो–कर्मचारीलाई बाँडेको चाडपर्व खर्चसहित १६ लाख ७० हजार असुल गर

Radio Chitwan
शुक्रबार, बैशाख १, २०८०

चितवन, वैशाख १–

भरतपुर महानगरपालिकाले ६८ कर्मचारीलाई बाँडेको चाडपर्व खर्चसहित १६ लाख ७० हजार रुपैयाँ असुल गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । आर्थिक वर्ष २०७८र७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले कर्मचारीलाई बढी भुक्तानी भएको रकम असुल गर्नुपर्ने बताएको हो ।

भरतपुर महानगरपालिकाले कार्यरत कर्मचारीको व्यवस्थापन गर्न बनेको ऐन, २०७७ बमोजिम २०७७ चैत २२ को निर्णयानुसार १३६ कर्मचारीको एक तह बढुवा गरेको थियो । बढुवा गरिसकेपछि महानगरले ८४ कर्मचारीको तह बृद्धिको निर्णय रद्ध गरेको थियो ।

तह बृद्धिको निर्णय रद्ध हुँदा ६८ कर्मचारीलाई खाइपाई आएको भन्दा मासिक १ लाख १८ हजार रुपैयाँले चाडपर्व खर्चसहित हुने आउने १५ लाख २९ हजार रुपैयाँ र सञ्चय कोष वापत १ लाख ४१ हजार रुपैयाँ समेत गरी जम्मा १६ लाख ७० हजार रुपैयाँ बढी भुक्तानी भएको महालेखाले बताएको छ ।

आन्य समाचारहरु:-
December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
रत्ननगर मेयर कप : इच्छाकामनालाई हराउदै रत्ननगर फाइनलमा प्रवेश

रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]

December 6, 2023
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  :  प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]

December 4, 2023
पूर्वी चितवन पत्रकार मञ्चकाे नयाँ समिति चयन, अध्यक्षमा हाेमनाथ सापकाेटा

रत्ननगर ,मंसिर १८- पूर्वी चितवन पत्रकार मञ्चकाे अध्यक्षमा पत्रकार हाेमनाथ सापकाेटा चयन भएका छन् । साेमबार सम्पन्न मञ्चकाे विशेष अधिवेशनले आगामी कार्यकालकाे लागि सापकाेटाकाे नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram