कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनमा आजदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान पनि सुरु

चितवन, वैशाख १(
चितवनमा आजदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान पनि सुरु भएको छ । साहसिक खेल पर्यटनको रूपमा चिनिने प्याराग्लाइडिङ भरतपुर महानगरपालिका वडा नं। २९ को चौकीडाँडाबाट सुरु भएको हो । चितवनमा पहिलोपटक प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरेको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीका बोर्ड डाइरेक्टर शालिक दवाडीले नयाँ वर्षको पहिलो दिनको अवसर पारेर उडान सुरु गरिएको जानकारी दिए । उनले भने ‘औपचारिक उदघाटन पछि गर्नेछौं, तर उडान भने सुरु भयो ।’
चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण हुनेछ ।
उनले प्याराग्लाडिङ्ग उडानका लागि लाग्ने ८ हजार रुपैयाँमा २५ प्रतिशत छुट दिएर ६ हजार शल्क लिइएको बताए । १० वटा प्याराग्लाइडिङ्ग उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान सकिने गरी तयारी गरिएको दवाडीले जानकारी दिए ।
कम्पनीका अध्यक्ष विजय घलेले चितवनमा जंगल सफारी पर्यटनको साथसाथै अब साहसिक पर्यटनको अर्को ‘आइटम’का रुपमा रहेको प्याराग्लाइडिङ सुरु गरिएको बताए । ‘नयाँ वर्षसँगै चितवनको पर्यटन व्यवसायमा एक थप नयाँ आयाम थपिएको छ,’ अध्यक्ष घलेले भने, ‘जंगल सफारीका लागि प्रख्यात चितवनमा अब प्याराग्लाइडिङ्गको आनन्दसमेत आन्तरिक तथा बाह्य पर्यटकहरुले लिन सक्छन् ।’
मुग्लिन–नारायणगढ सडकखण्डको भोर्लेबाट ९ किलोमिटर उत्तर र जुगेडीबाट ५ किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ । चौकीडाँडा १२ सय मिटरको उचाइमा छ । कम्पनीले चौकीडाँडासँगै भरतपुर–२९ कै कविलासबाट पनि प्याराग्लाइडिङको उडान अनुमति लिएको छ । कविलास ५८० मिटरको उचाइमा छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]