Listen Live: 

अरुणोदय माध्यमिक विद्यालयमा ५० लाखको अक्षयकोष स्थापना

Radio Chitwan
बिहिबार, चैत्र ३०, २०७९

चितवन, चैत ३०–

अरुणोदय माध्यमिक विद्यालयमा ५० लाखको अक्षयकोष स्थापना भएको छ । विद्यालयका पूर्व विद्यार्थी चोला कुमारी पन्तले आफ्ना बाबुआमाको स्मृतिमा अक्षयकोषको स्थापना गरेकी हुन् ।
पन्तका प्रतिनिधि अधिवक्ता रामकृष्ण तिवारीले एक कार्यक्रमका बीच विद्यालयका प्रधानाध्यापक रत्नप्रसाद सापकोटालाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै अधिवक्ता तिवारीले रकम अभावको कारण विद्यार्थीले आफ्नो अध्ययनलाई पूरा गर्न कठिनाइ नहोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना भएको बताए । अब कोही पनि विद्यार्थी आर्थिक अभावले अध्ययनबाट बन्चित हुनु नपर्ने उनको जिकिर छ ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सापकोटाले ठूलो रकमको अक्षयकोष स्थापनाले विद्यालयको शैक्षिक गुणस्तरलाई समेत उत्कृष्ट तुल्याउने विश्वास व्यक्त गरे। ‘विद्यार्थीले मापदण्ड अनुरुप छात्रवृत्ति प्राप्त गर्ने छन् । जसले विद्यार्थीलाई शैक्षिक सामग्री उपयोग गर्न सहज हुनेछ ।’ उनले भने, ‘यसको जतन र पूर्ण उपयोग गर्ने तर्फ विद्यालय प्रतिवद्ध छ ।’
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि विलास कोइरालाले अक्षयकोषको सदुपयोगलाई विद्यालयले प्राथमिकता दिने बताए। विद्यालयमा अक्षयकोष स्थापना गर्ने पूर्व विद्यार्थी एव अक्षयकोष संस्थापक चोला पन्तलाई धन्यवाद दिए ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा न ६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठ, विद्यालय सल्लाहकार समिती संयोजक केदारनाथ कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

भरतपुर–६, मा रहेको विद्यालयमा हाल प्रारम्भिक बाल कक्षादेखि कक्षा १२ सम्म नेपाली र अङ्ग्रेजी दुबै माध्यममा पढाइ हुँदै आएको छ । हाल विद्यालयमा ६ सय ५० भन्दा धेरै विद्यार्थी छन् ।

आन्य समाचारहरु:-
December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  :  प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]

December 4, 2023
पूर्वी चितवन पत्रकार मञ्चकाे नयाँ समिति चयन, अध्यक्षमा हाेमनाथ सापकाेटा

रत्ननगर ,मंसिर १८- पूर्वी चितवन पत्रकार मञ्चकाे अध्यक्षमा पत्रकार हाेमनाथ सापकाेटा चयन भएका छन् । साेमबार सम्पन्न मञ्चकाे विशेष अधिवेशनले आगामी कार्यकालकाे लागि सापकाेटाकाे नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे […]

December 4, 2023
नारायणगढ लेडी जेसीजको अध्यक्षमा हिमा श्रेष्ठ निर्वाचित

नारायणगढ लेडी जेसीजको अध्यक्षमा हिमा श्रेष्ठ निर्वाचित चितवन, मंसिर १७-नारायणगढ लेडी जेसीजको अध्यक्षमा हिमा श्रेष्ठ निर्वाचित हुनु भएको छ । लेडी जेसीजको २७ औं शाखा अधिवेशनबाट श्रेष्ठ वर्ष २०२४ का […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram