Listen Live: 

भरतपुर अस्पतालमा गर्मी सुरु भएसँगै रुघाखोकी र ज्वरोको बिरामी बढ्न थाले

Radio Chitwan
बिहिबार, चैत्र ३०, २०७९

चितवन, चैत ३०(

चितवनमा पछिल्लो केही दिन गर्मी बढेको छ ।

चैत महिना लागेसँगै गर्मी बढेपनि पछिल्लो केही दिन यता अत्यधिक गर्मी बढेको हो ।

भरतपुर एयरपोर्टमा रेकड भएको तथ्यांक अनुसार आज जिल्लाको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस रहेको छ भने न्यून तापक्रम २० डिग्री सेल्सियस रहेको छ । तर, चैत महिनाभर चितवनको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस सम्म पुगेको छ । जुन जाडो महिना सकिएर गर्मी सुरुभएपछिको चितवनको अधिकतम तापक्रम हो । हरेक दिन गर्मी बढ्दै गएको देखिन्छ । बुधबार न्यूनतम तापक्रम १९ डिग्री र अधिकतम् तापक्रम ३५ डिग्री रहेकोमा आज बढेर न्यूनतम २० र अधिकतम् ३६ डिग्री पुगेको हो ।

त्यस्तै जाडो सकिएर एक्कासी गर्मी सुरुभएपछि स्वास्थ्यमा विभिन्न समस्या देखापर्ने भरतपुर अस्पतालका बरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलले बताए । उनका अनुसार गर्मी मौसममा कमजोरी, मृगौलामा समस्या, पानी कम हुने, हैजा, टाइफाइड, घाम र धूलोमा हिड्दा दम जस्ता समस्या देखिने गर्छन् । त्यसैगरी यस समयमा सर्पदंश र लामखुट्टेबाट फैलने रोगहरुको समस्या देखिने डा पौडेलले बताए । यस समयमा कोरोना पनि फैलने उनको भनाइ छ । डा पौडेलले यसबाट बच्नको लागि घाममा नहिड्ने, झोलिलो खानेकुराहरु प्रशस्त खानको लागि सल्लाह दिएका छन् । उनले भरतपुर अस्पतालमा गर्मी सुरु भएसँगै रुघाखोकी र ज्वरोको बिरामी बढ्न थालेको जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार पछिल्लो समय जिल्लामा कोरोनाको मात्रै जोखिम भए पनि अब गर्मी सुरु भएसँगै अन्य विभिन्न रोगहरु पनि देखा पर्दै जान्छ । जसबाट बच्न विभिन्न सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।
उनी भन्छिन्, ‘यसरी एक्कासी गर्मी बढ्दै जाँदा खान मन नलाग्ने, टाउको दुख्ने, ज्यानमा पानीको मात्रा कम हुने, पखाला लाग्ने, रुघा खोकी लाग्ने, ज्वरो आउनेलगायत विभिन्न समस्या देखिन्छ । ’ यसरी स्वास्थ्यमा देखिने विभिन्न समस्याबाट बच्न कोल्ड ड्रिङ्स नभएर धेरै मात्रामा सुद्ध पानी पिउनुपर्ने, हरियो सागपात, तरल पदार्थ, प्रोटिन तथा भिटामिनयुक्त खाना, फलफूल, फलफूल जुस खानुपर्ने उनको सुझाव छ । अब क्रमशः गर्मी बढ्दै जाने भएकोले जिल्लामा डेँगु, मलेरियालगायतका रोगको पनि जोखिम रहेको उनी बताउँछन् ।

स्वास्थ्य कार्यालय चितवनको डाटामा उल्लेख भए अनुसार जिल्लामा २०७९ साउन १ गतेदेखि फागुन ५ गतेसम्म तीन हजार ३१० जनामा डेँगु संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ जनाले ज्यान गुमाएका छन् । यस्तै आज बिहीबारको तथ्यांक अनुसार जिल्लामा २ नयाँ कोरोना संक्रमित थपिएका छन् भने ११ जना घरमा आइसोलेसनमा रहेका छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram