कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
एएचएफ नेपालले एचआईभी संक्रमितको उपचारलाई निरन्तरता दिने

चितवन । एएचएफ नेपालले एचआईभी संक्रमितको उपचारलाई निरन्तरता दिने भएको छ । एचआईभीको रोकथाम, उपचार र सचेतना बृद्धि गर्ने कामलाई एएचएफ नेपालले सन् २०२७ सम्म निरन्तरता दिने भएको हो । एएचएफ नेपालले भरतपुर अस्पतालको एआरटी सेन्टरमार्फत एचआईभी संक्रमितको उपचार गर्दै आएको छ ।
सेवालाई सन् २०२७ सम्म निरन्तरता दिन तीन करोड ८० लाख रुपैयाँ आर्थिक सहायता प्राप्त भएको एएचएफ नेपाल बागमती प्रदेशका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरी सापकोटाले जानकारी दिए । एआरटी सेन्टरबाट ११ सय ५१ जना एचआईभी संक्रमितले नियमित रुपमा एआरटी औषधी खाइरहेको उनले बताए । नियमित एआरटी खानेमा ५६६ जना पुरुष, ५४७ जना महिला र २८ जना बालबालिका रहेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गा सापकोटाले एचआईभी संक्रमितको उपचार प्रभावकारी भएको बताए । भरतपुर अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलले एचआईभी संक्रमितको उपचार पनि सरकारी अस्पतालभित्रै पाउँदा विरामीलाई सहज भएको भन्दै उपचारमा विरामीको पहुँच बढेको बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]