कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा वक्ताहरुले कानुन बनेपनि कार्यान्वयन हुन नसकेको गरे गुनासो

चितवन। सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि राज्य उदासिन रहेको यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले आज नारायणगढमा आयोजना गरेको “सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा वक्ताहरुले कानुन बनेपनि कार्यान्वयन हुन नसकेको गुनासो गरेका हुन् ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सूर्तीजन्य पदार्थको नियन्त्रणको प्रयास यस अघि गरिएको भए पनि निरन्तरता दिन नसकिएको बताउनुभयो । उहाँले शुरुवात गरेको कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईले नेपालमा प्रत्येक वर्ष २७ हजार एक सय मानिसको मृत्यु सूर्तीजन्य पदार्थको कारणले हुने गरेको बताउनुभयो । मुटु रोग, श्वासप्रश्वास सम्बन्धी रोग र कार्डियोभास्कुलर रोगको प्रमुख कारण सूर्तीजन्य पदार्थ हुने गरेको उहाँको भनाई छ ।
सूर्तीजन्य पदार्थ प्रयोग गर्ने विश्वका मानिसमध्ये ८० प्रतिशत विकाससन्मुख मुलुकका नागरिक रहेको उहाँले बताउनुभयो । सन् २०२२ को तथ्यांक अनुसार २२।३ प्रतिशत विश्वका मानिसले सूर्तीजन्य पदार्थको प्रयोग गरेको जानकारी दिंदै उहाँले त्यसमध्ये ३६।७ प्रतिशत पुरुष र ७।८ प्रतिशत महिला रहेको बताउनुभयो ।
नेपालमा हाल धुँवारहित सूर्तीजन्य पदार्थ सेवा गर्ने २८।९ प्रतिशत रहेको बताउँदै उहाँले ती मध्ये ४८।३ प्रतिशत पुरुष र ११।६ प्रतिशत महिला रहेको जानकारी दिनुभयो । यस्तै दैनिक सूतीृजन्य पदार्थ सेवन गर्ने २४।१ प्रतिशत मध्ये ४०।१ प्रतिशत पुरुष र १० प्रतिशत महिला रहेका छन् । धुम्रपान गर्ने १७।१ प्रतिशत मध्ये २८ प्रतिशत पुरुष र ७।५ प्रतिशत महिला रहेका छन् । विद्युतीय चुरोट प्रतियोग गर्नेहरु बढ्दै गएको भन्दै उहाँले ०।८ प्रतिशत रहेको जानकारी दिनुभयो ।
कार्यपत्र प्रस्तुत गर्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा। अनिलबिक्रम कार्कीले २० मिनेट धुम्रपान नगर्दा उच्च रक्तचाप, पल्स रेड र शरीरिको तापक्रम सामान्य अवस्थामा आउने बताउनुभयो । उहाँले आठ घण्टा धुम्रपान नगर्दा ९३।७५ प्रतिशत निकोटिन लेभल घट्ने जानकारी दिनुभयो । उहाँले तीन दिन धुम्रपान नगर्दा शरीरमा शतप्रतिशत निकोटिनमुक्त हुने बताउनुभयो ।
यस्तै दुई हप्ता धुम्रपान गर्दा रक्तसञ्चार र दाँतमा गमको मात्रा सामान्य अवस्थामा आउने भन्दै डा। कार्कीले सूर्तीजन्य पदार्थको प्रयोग न्यूनिकरणमा राज्य लाग्नुपर्ने बताउनुभयो । उहाँले चुरोटको धुँवामा ४ हजार प्रकारका केमिकल हुने बताउँदै ५० वटाले क्यान्सर बनाउने जानकारी दिनुभयो ।
उहाँले सूर्तीजन्य पदार्थले शरीरका सबै अंगमा असर पर्ने भन्दै सूर्तीजन्य पदार्थको करको दर बढाउनु पर्ने र व्यापारिको मुनाफा घटाउनु पर्ने सुझाव दिनुभयो ।
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले दक्षिण एशियामा सबैभन्दा सस्तो सूर्तीजन्य पदार्थ नेपालमा रहेको बताउनुभयो । उहाँले सूर्तीजन्य पदार्थको कर ३०० प्रतिशत बढाउन सुझाव दिनुभयो । विद्यालय र सरकारी कार्यालयहरुमा समेत ‘नो स्मोकिङ बोर्ड’ नरहेको बताउँदै उहाँले तीनै तहका सरकार यसको नियन्त्रणमा लाग्नुपर्ने बताउनुभयो ।
मञ्चका अध्यक्ष सरोज ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार उद्धवराज भेटवालले स्वागत गर्नुभएको थियो भने सचिव कमला गुरुञ्जले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा चितवन, मकवानपुर र नवलपुरका पत्रकारको सहभागिता रहेको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]