कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
बिक्रम पाण्डेले राप्रपालाई ५ वर्ष सरकार चलाउन दिए देशमा बिकासको बहार ल्याएर देखाउने

चितवन।राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय उपाध्यक्ष बिक्रम पाण्डेले राप्रपालाई ५ वर्ष सरकार चलाउन दिए देशमा बिकासको बहार ल्याएर देखाउने बताउनु भएको छ । बुधवार राप्रपा चितवनले आयोजना गरेको बृहत कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले बिकास निर्माण लगाएतमा फड्को मार्ने बताउनु भएको हो ।
पूर्वमन्त्री पाण्डेले राप्रपालाई देश चलाउन दिए बिभिन्न राजमार्ग, युवा रोजगार लगाएत कलकारखाना क्षेत्रको बिकास गरिने बताउनु भयो । उहाँले आउदै गरेको चितवन क्षेत्र नम्बर २ को उपचुनावमा पार्टीका उमेद्धवार राष्ट्रवादी नेतालाई जिताउने गरि लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । पुर्व मन्त्री पाण्डेले २ नम्बर क्षेत्रको मात्र नभई तीनै क्षेत्रका नेता कार्यकर्तालाई एक जुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै उपचुनावका उमेदवार जीवलाल पुरीले आफ्नो उमेदवारी देश परिवर्तनको लागी रहेको बताउनुभयो । उहाँले आफ्ना उममेदवारी गणतन्त्र, धर्म निरपेक्षता र संघीयता परिवर्तनको लागी भएको स्पष्ट पार्नुभयो । उमेदवार पुरीले बिगतका ६२र६३ सालको परिवर्तनले देशमा सार्थकता नपाएको दावी गर्नुभयो । उहाँले देशमा परिवर्तन बिभिन्न दलका स्वार्थको लागी भएको बताउनुभयो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]