Listen Live: 

ककनीमा आगलागी, तीन वटा घर जलेर नष्ट

Radio Chitwan
शनिबार, चैत्र ५, २०७८

काठमाण्डौ, चैत ५ । नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा आगलागी हुँदा तीन वटा घर जलेका छन् ।
गएराति भएको आगलागीबाट तीन दाजुभाइ मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो । स्थानीय बासिन्दा र ककनीबाट खटिएको प्रहरी टोलीले आगो निभाएका छन्। घरमा भएका सर–सामान सबै जलेर नष्ट भएको ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईँले जानकारी दिनुभयो । तीन दाजुभाइको गरी ५० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान छ ।
आगलागीको कारण खुलेको छैन । पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले टेन्टलगायत राहत सामग्री उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

आन्य समाचारहरु:-
November 22, 2023
सौराहामा साउथ एशियन फिल्म फेष्टिवल हुने

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा अन्तराष्ट्रिय स्तरको फिल्म फेष्टिबल हुने भएको छ । क्याराभान नेपालको आयोजनामा यही मंसिर २९ गते देखि पुस ३ गते सम्म सौराहा साउथ एशियन फिल्म […]

October 29, 2023
देउवा, ओली र दाहालको एकै स्वर: ‘दलीय व्यवस्था र राज्यका निकायप्रति संशय गर्नुपर्ने अवस्था छैन’

काठमाडौँ, कात्तिक ११-प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले अहिल्यै दलीय व्यवस्था, दल र राज्यका निकायहरूप्रति संशय व्यक्त गर्नुपर्ने अवस्था नरहेको दाबी गरेका छन् । पुराना दल र दलीय व्यवस्थाप्रति उठेका प्रश्नहरूलाई […]

October 27, 2023
त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजः उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा

काठमाडौं,कात्तिक १०- त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजको उपाधिका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ। बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा यूएईलाई लगातार तेस्रोपटक पराजित गर्दै सिरिजको […]

October 15, 2023
आज २०८० साल असोज २८ गते आइतबार,यस्तो छ तपाईको राशिफल

चितवन,असोज २८- आज २०८० साल असोज २८ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशस् […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram