कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
मेयर रेनु दाहालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले गरे शिष्टाचार भेटवार्ता

चितवन, चैत २९(
भरतपुर महानगरपालिकी मेयर रेनु दाहालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।
भरतपुरमा बुधबार भएको भेटवार्तामा आपसी हित, दुई देशबीचको सम्बन्ध, भरतपुरसँग भगिनी सम्बन्ध भएका सहर, विकासमा भरतपुर र चीनबीच गर्न सकिने सहकार्यको बारेमा छलफल भएको छ ।
महानगरपालिकाकी मेयर रेनु दाहालले मित्र राष्ट्र चीन र नेपालको दौत्य सम्बन्ध कायम भएसँगै चीनले नेपालको पूर्वाधार विकास शिक्षा, स्वास्थ्यका साथै आर्थिक सामाजिक क्षेत्रमा नेपाली जनताको मन जित्ने गरी सहयोग पु¥याएकोमा राजदूत चेनलाई धन्यवाद व्यक्त गरिन् । महानगरपालिकाकी मेयर दाहालले महानगरीय मेट्रो रेल, नेपाल चाईनामैत्री पार्क निर्माण चीनको सहयोगमा निर्माणको लागि प्रस्ताव गरेकी छन् । उनले भरतपुरको विकासमा चिनियाँ प्राविधिक समूह उपलब्ध गराई नमूना महानगर निर्माणको लागि पनि आह्वान गरिन् ।
भरतपुरको शिक्षा, स्वास्थ्य, पर्यटन र अन्य क्षेत्रमा चीनको आवश्यक स्रोतसाधनको उपलब्धताले दीगो विकासमा सहयोग पुग्ने प्रमुख दाहालले बताइन् ।
मेयर दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा चिनियाँ राजदूत चेनमार्फत चिनियाँ पर्यटकलाई निम्तो पनि दिइन् । नेपालका लागि चिनियाँ राजदूत चेनले भरतपुरमा महानगरीय मेट्रो रेल, नेपाल चीनमैत्री पार्र्क, शिक्षा, स्वास्थ्य लगायतका विषयमा छलफल गरी अगाडि बढ्न सकारात्मक रहेको उल्लेख गरे ।
राजदूत चेनले भरतपुर भ्रमण वर्ष २०२४ मा चीनबाट बढीभन्दा बढी पर्यटक आउने वातावरण निर्माण गर्ने उल्लेख गरे । राजदूत चेनले भरतपुरमा भइरहको तीव्र विकास निर्माणबारे आफू जानकार रहेको बताउँदै प्रमुख दाहालको प्रशंसा पनि गरे । सात सदस्यीय टोलीसहित भरतपुर आइपुगेका भएको राजदूत चेनले भरतपुरको विकासको बारेमा स्थलगत अवलोकनसमेत गरेका छन् ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]