कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
इमान बेच्नेहरूका लागि पार्टीको ढोका बन्द रहनेः सभापति रवि लामिछाने

चितवन,चैत २९(
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इमान बेच्नेहरूका लागि पार्टीको ढोका बन्द रहने बताएका छन्। चितवनको इच्छाकामनामा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले इमान बिक्रीमा राख्नेहरू आफ्नै पार्टीभित्रका र हिजो आफूसँगै हिँडेकाहरू भएपनि पार्टीको ढोका बन्द गरिने बताएका हुन्।
‘मेरा दलका साथीहरूले इमान बिक्रीमा राखेका छन् भने उसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको ढोका खुल्ला हुन्छ भन्ने छैन,’ उनले भने, ‘त्यो ढोका बन्द हुन्छ, यदी प्रमाणित भएको खण्डमा।’ लामिछानेले इमानको यात्रामा हजारौं जोडिएका र को कुन उद्धेश्यका लागि जोडिएका छन् भनेर बुझ्न समय लाग्ने बताए।
बुझ्नका लागि समय लाग्दै गर्दा रास्वपामा जोडिएकाहरूले पार्टीले बनाएको विधिमात्रै मानिदिए पुग्ने बताए। उनले संगै हिँडेका सहयात्रीले बाटो बिराए भने उनीहरूका भारी आफूले नबोक्ने पनि बताए। ‘इमान किन्न गौँडागौँडामा मान्छे बसेका छन्। तर, बेच्नेले नबेच्यो भने किन्नेले किन्न सक्दैन,’ उनले भने, ‘कसैले गलत गरेछ आफन्त हो कि पराई हो अनुहारमा नहेरी सजाय दिन सकिन्छ।’
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]