कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
बुटवल–नारायणगढ सडकखण्डको सोमबार दुई मन्त्रीले गरे अनुगमन

नवलपरासी । बुटवल–नारायणगढ सडकखण्डको सोमबार दुई मन्त्रीले अनुगमन गरेका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले संयुक्तरुपमा सडकको अनुगमन गरेका हुन् । टोलीले गैँडाकोटदेखि बुटवलसम्म सडक अनुगमन गरेका थिए ।
अनुगमनको क्रममा मन्त्रीद्वयले सडक विस्तारको काममा गति बढाउन निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठले कामको गति सन्तोषजनक नरहेको भन्दै त्यसको गति बढाउन र गुणस्तरमा ध्यान दिन निर्देशन दिए । उनले सडक विस्तारका क्रममा प्राविधिकहरु राखेर कामको अनुगमन गर्न पनि निर्देशन दिए ।
त्यसैगरी, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले तोकिएको समयसीमाभित्र सक्ने गरी काम गर्न निर्देशन दिएका छन् । अनुगमनका क्रममा मन्त्रीहरुसँग रहेका नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार गुणस्तर, कामको गति, स्थानीयको गुनासो नआउने गरी काम गर्न निर्देशन दिइएको थियो ।
गृहमन्त्री श्रेष्ठले यातायातमन्त्री रहँदा पनि यसअघि यस सडकको अनुगमन गरी कामको गति बढाउन निर्देशन दिएका थिए । पूर्व–पश्चिम राजमार्ग निर्माणको ४ वर्ष बितिसक्दा पनि जम्मा २८ देखि ३० प्रतिशतमात्रै काम सकिएको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । सडक विस्तारको जिम्मा चाइना स्टेन कम्पनीले लिएको छ ।
४ महिनापछि अर्थात् आगामी अगस्त महिनामा कम्पनीसँगको सम्झौता अवधि दोस्रोपटक सकिँदैछ । सम्झौता अवधि सकिने बेलासम्म सन्तोषजनक काम नभए म्याद थप गर्न नसकिने मन्त्री ज्वालाले चेतावनी दिएका थिए । मन्त्री अनुगमनमा आउने भनेपछि सोमबार सडकमा खाल्डाखुल्डी पुर्ने, पानी हाल्नेलगायतका कामसमेत गरिएको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]