कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनका युवा व्यवसायीको व्यवसायिक समूह न्यू होप ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ चयन

चितवन, चैत २८(
चितवनका युवा व्यवसायीको व्यवसायिक समूह न्यू होप ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ चयन भएका छन् ।
कम्पनीको सोमबार सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।
कम्पनीको सचिवमा भूपेन्द्र कर्माचार्य चयन भएका छन् भने सदस्यहरुमा मनोज रानाभाट, गोपाल भट्टराई, र सचिवमा वदन भण्डारी चयन भएका हुन् । यस्तै ग्रुपको सल्लाहकारमा दिपेश श्रेष्ठ र रुवीन रामुदामु चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कम्पनीले पूर्णता पाएसंँगै चितवनलगायत अन्य जिल्लाहरुमा विभिन्न क्षेत्रमा लगानी गर्दै जाने लक्ष्य रहेको बताए । ‘हामी सबैको आआफ्नै विजनेश र पेसा छ’ श्रेष्ठले भने, यो ग्रुपमा हामीले संयुक्त लगानी गरी संभावित क्षेत्रमा लगानी गर्दै जानेछौं ।’ ग्रुपले हाल रियलस्टेट क्षेत्रमा लगानी गर्दै आएको र आगामी दिनमा हस्पिटालिटी क्षेत्रमा लगानी गर्न लागेको अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘चितवन हरेक क्षेत्रमा सम्भावना भएको क्षेत्र हो, उनले भने, तर भोलिका दिनमा यहांँ मात्रै होइन देशमा मुख्य शहरहरुमा पनि लगानी र व्यवसाय विस्तार गर्दै लग्नेछौं ।’ कम्पनीमा पोल्ट्री, अटोमोबाइल, होटल, सुनचांँदी, स्वास्थ्य, सहकारीलगायत क्षेत्रका व्यवसायीहरु गरी ३१ जना सदस्य आवद्ध छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]