कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनमा लामोसमयसम्म शून्यमा झरेको कोरोना फेरि बढ्न थाले

चितवन, चैत २८(
चितवनमा लामोसमयसम्म शून्यमा झरेको कोरोना फेरि बढ्न थालेको छ ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार सोमबार मात्र ६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी चितवनका विभिन्न ठाउँमा आइसोलेसनमा नौ जना रहेका छन् । थपिएका नयाँ ६ जना संक्रमितमा भरतपुरका ५ जना र रत्ननगरका १ जना रहेका छन् । चैत २३ गतेसम्म ३ जनालाई देखिएको कोरोना चारदिन पछि बढेर १४ जना पुगेको छ ।
अहिलेको भेरियन्ट निकै छिटो फैलने भएकोले स्वास्थ्य सावधानी र सर्तकता अपनाउन चिकित्सकले अनुरोध गरेका छन् । बिगतमा कोभिड उपचारमा नेतृत्व गरेका भरतपुर अस्पतालका बरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलले भारतमा कोरोना संक्रमण बढेसँगै चितवनमा पनि कोरोना संक्रमण बढेको बताए । उनले भने, ‘ अहिले ओमिक्रोनको नयाँ भेरियन्ट देखिएको छ । यो प्रजाति एक्सडीडी १।१६ हो । यसको फैलने सम्भावना बढी हुन्छ । तसर्थ स्वास्थ्य सतर्कतामा सबैले ध्यान दिनुपर्छ । डा पौडेलले बिगतमा जस्तै मास्कको प्रयोग, पटकपटक हात धुने र भौतिक दूरी कायम गर्न सबै चितवनबासीलाई अनुरोध गरेका छन् ।
यसपटक संक्रमण छिटो फैलने तर कम खतरनायक रहेको उनले बताए । चिकित्सकहरुको अनुसार अहिलेको संक्रमणमा रुघा, खोकी, ज्वरो र पखाला जस्तो लक्षणहरु देखिन्छन् । यदि बुस्टर डोज खोप छुटेको भए पुन लगाउन चिकित्सकहरुले अनुरोध गरेका छन् । चितवनमा बढ्दो शहरीकरण र मानिसहरुको आवतजावतले भीडभाड बढी हुने भएकोले जोखिम बढी रहेको चिकित्सकहरुको भनाइ छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

