Listen Live: 

साठी वर्षपछि चितवनको भरतपुरस्थित भरतपुर विमानस्थल स्तरोन्नतिसँगै विस्तार हुने

Radio Chitwan
मङ्लबार, चैत्र २८, २०७९

चितवन । साठी वर्षपछि चितवनको भरतपुरस्थित भरतपुर विमानस्थल स्तरोन्नतिसँगै विस्तार हुने भएको छ। हाल रहेको एक हजार दुई सय मिटर धावन मार्गलाई विमानस्थलको उत्तर–पश्चिमतर्फ ४१२ मिटर विस्तार गर्ने योजना छ । धावन मार्ग विस्तार भएपछि एटीआर ७२ वा सोसरहका ७२ सिटे जहाजले उडान गर्न मिल्नेछ भने रात्रिकालीन सेवा पनि सञ्चालन गर्न सकिन्छ। धावन मार्ग विस्तारसँगै नयाँ टर्मिनल भवन निर्माण हुनेछ।

विमानस्थल विस्तार एवं नयाँ टर्मिनल भवनको यही चैत १६ गते प्रधानमन्त्री दाहालले गर्नुभएको थियो। यो आयोजनालाई भरतपुर महानगरपालिकाले गौरवको आयोजनाका रूपमा अगाडि सारेको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भन्नुभयो, “तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीकै पालामा सुरु गरिएको पहल वर्तमान मन्त्री सुदन किरातीसम्म आइपुग्दा काम अगाडि बढ्ने अवस्थामा पुगेको छ। हामीले छ जना पर्यटनमन्त्रीसँग नियमित छलफल ग¥यौँ। महानगर, प्राधिकरण, मन्त्रालय हुँदै प्रधानमन्त्रीको कार्यालयमा धेरै पटक छलफल भएको छ।”

सेनाको ब्यारेक सारिने

यो विमानस्थल विस्तारका लागि विमानस्थल उत्तर–पश्चिमतर्फ रहेको नेपाली सेनाको ब्यारेकलाई स्थानान्तरण गरिने भएको छ। सेनाको घोडा प्रजनन केन्द्र र गणलाई अन्यत्र व्यवस्थापन गरेपछि विमानस्थलको धावन मार्ग विस्तार हुनेछ।

विमानस्थलको धावन मार्ग विस्तारका लागि घोडा प्रजनन केन्द्रलाई गणेशस्थानको जङ्गल र सेनाको कालीबहादुर गणलाई देवघाट जाने बाटो नजिकैको दियालो बङ्गलामा स्थानान्तरण गरिने भएको छ। “ब्यारेक सार्ने निर्णय भइसकेको छ, घोडा प्रजनन केन्द्र सार्न वनको जग्गा भएकाले केही निर्णय बाँकी रहेको छ। यो पनि दुई साताभित्रमा टुङ्गो लाग्नेछ,” महानगर प्रमुख दाहालले भन्नुभयो । विमानस्थल ५८ बिघामा फैलिएको छ। विमानस्थल विस्तारका लागि सेनाको २० बिघामध्ये १९ बिघा जग्गा लिनुपर्ने हुन्छ। यस क्षेत्रमा बाँकी रहेको जमिनमा सेनाको ह्याङ्गर र उद्यान बनाइने बताइएको छ।

भरतपुर विमानस्थलबाट उत्तरतर्फ रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्र र गणलाई आवश्यक पर्ने पूर्वाधार निर्माण भएपछि मात्र सेनाले जग्गा छाड्ने भएको छ। सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले भन्नुभयो, “दुईवटा युनिट स्थानान्तरण गर्न तयार भएका छौँ तर अन्यत्र बस्ने पूर्वाधार निर्माण भएपछि मात्र सर्नेछौँ। विमानस्थल विस्तारका क्रममा सेना बस्ने गण र घोडा बस्ने युनिटको पूर्वाधार तयार भएपछि अहिलेको स्थान सेनाले उपलब्ध गराउँछ।”

धावन मार्ग विस्तारमा सरकारी जग्गा नै भएकाले जग्गाका लागि थप व्ययभार पर्ने छैन तर सेनाको गणलाई स्थानान्तरण गर्न आवश्यक खर्च बेहोर्ने सहमति भएको प्राधिकरणले जनाएको छ।

यस्तो बन्दै छ नयाँ टर्मिलन भवन

भरतपुर विमानस्थलमा अत्याधुनिक नयाँ टर्मिलन भवन बन्ने भएको छ। तीन वर्षभित्रै सम्पन्न गर्ने गरी नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको एरोडम इन्जिनियरिङ डिपार्टमेन्टले नयाँ टर्मिनल भवन बनाउन लागेको हो। एक अर्ब ९२ करोड ७० लाख रुपियाँको लागतमा भवन निर्माण चैत ६ गते केसी–क्षमादेवी–प्रतिस्ता जेभीले प्राधिकरणसँग ठेक्का सम्झौता गरेको छ। एकै पटक एक हजार यात्रु आवतजावत गर्न सक्ने गरी सुविधा सम्पन्न भवन निर्माण गरिँदै छ। भवन र परिसरमा पार्क, मनोरञ्जनका साधन, रेस्टुरेन्ट, विदेशी पर्यटकलाई केन्द्रित गरी बजारको व्यवस्था हुने प्राधिकरणले जानकारी दिएको छ।

छ दशकपछि स्तरोन्नति

वि.सं. २०१५ देखि सञ्चालनमा आएको यस विमानस्थलमा २०१८ मङ्सिर १२ गते हवाई कार्यालय स्थापना गरिएको थियो। तत्कालीन समयमा साना १८ सिटे जहाज मात्रै सञ्चालन हुँदै आएकामा पछिल्ला वर्ष एटीआर ४२, जेटस्ट्रिम बिचक्राफ्टजस्ता मझौला र आधुनिक जहाजले उडान गर्दै आएका छन्। छोटो धावन मार्ग, विमानस्थल क्षेत्र अतिक्रमणलगायत उच्च जोखिमसँगै महँगो भाडा तिर्न यात्रु बाध्य छन् । हाल यहाँबाट काठमाडौँ र पोखरा बुद्ध एयरले उडान भर्दै आएको छ। दैनिक आठवटा उडान हुँदै आएको छ। कोभिड–१९ अघिसम्म यो सङ्ख्या १२ रहेको विमानस्थलले जनाएको छ। दैनिक सात सयभन्दा बढी यात्रुले सेवा लिँदै आएका छन्।यो खबर आजको गोरखापत्रमा छापिएको छ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram