Listen Live: 

भरतपुर अस्पतालमा विद्यार्थीले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएपछि प्रहरीले थाल्यो अनुसन्धान

Radio Chitwan
मङ्लबार, चैत्र २८, २०७९

चितवन, चैत २८(

चितवनको भरतपुर अस्पतालमा नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा।डा।कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरेर नक्कली कोरोना रिपोर्ट बनाएको हो ।

डा। पौडेलले अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको बताए ।

अस्पतालले गत माघ १३ गतेदेखि अहिलेसम्म अस्पतालमा कोभिड १९ को पीसीआर परीक्षण कार्य रोकिएको जनाएको छ । रिएजेन्ट अभावका कारणले कोरोना परीक्षण रोकिएको हो । अस्पतालमा दैनिक ४५ जनाको एन्टिजेन परीक्षण भने भइरहेको छ ।

तर एसईई र क्याम्पसस्तरको परीक्षा दिने विद्यार्थीहरुले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएपछि अस्पतालले अनुसन्धान गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको चितवन प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

नक्कली रिपोर्ट बनाउनेहरुको बारेमा अनुसन्धान अगाडि बढाइएको पनि उनले जानकारी दिए । ‘खोजी कार्य जारी छ, अहिलेसम्म कोही पक्राउ परेको छैन,’ प्रवक्ता पण्डितले भने, ‘अनुसन्धानबाट दोषीहरु पक्राउ गरेर सरकारी कागज किर्ते तथा छाप दुरुपयोगलगायतका अन्य मुद्दामा कारबाही हुन्छ ।’

आन्य समाचारहरु:-
February 23, 2024
रत्ननगरका १६ वटै वडामा अनेमसंघको नयाँ कमिटी गठन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका १६ वटै वडामा अखिल नेपाल महिला संघको नयाँ कमिटी गठन गरिएको छ । नेकपा एमाले निकट संघको छुट्टाछुट्टै अधिवेशन गरी वडा कमिटी गठन गरिएको […]

February 22, 2024
दैनिक चार घण्टा गाडी रोकेर काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतवारदेखि बन्द नहुने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ […]

February 18, 2024
पिठुवा खानेपानीकाे अध्यक्षमा हरिकुमार श्रेष्ठ विजयी 

रत्ननगर । पिठुवा खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थाकाे अध्यक्षमा हरिकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।छैठाैं बार्षिक साधारण सभा तथा तेस्राे अधिवेशन अन्तर्गत आइतबार भएकाे निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी बासुदेव शर्मा लामिछानेलाई […]

February 18, 2024
बाघमारा वनमा विषादी न्यूनीकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण

रत्ननगर । रत्ननगर वडा नं ७ स्थित बाघमारा सामुदायिक वन उपभाेक्ता समुहका उपभाेक्ताहरुलाई विषादी न्यूनीकरण सम्बन्धी प्रशिक्षण दिइएकाे छ । वनका उपभाेक्ता किसानलाई प्राङ्गारिक मलकाे प्रयाेगमा प्रेरित गर्दै विषादी न्यूनीकरणकाे […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram