Listen Live: 

चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने

Radio Chitwan
सोमवार, चैत्र २७, २०७९

चितवन। चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालको ६७औँ वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार गर्न लागिएको हो ।

अस्पतालमा पिआइसियु, सिसियु र बर्न युनिट थप गरिँदै छ भने आइसियु र एनआइसियु सेवा विस्तार गरिँदै छ । अक्सिजन प्लान्ट थप गरिएको छ । अक्सिजन प्लान्टबाहेकका सेवा नयाँ वर्षसँगै सञ्चालनमा आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । जन्मेको २८ दिनपछि १४ वर्षसम्मका बालबालिकालाई सघन उपचार आवश्यक परेमा राख्नका लागि अस्पतालमा पिआइसियुको अभाव रहँदै आएकामा आठ शय्याको यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो । नवजात शिशुलाई एनआइसियु र १४ वर्षमाथिकालाई आइसियुमा राखेर उपचार गर्ने गरिन्छ ।

यसैगरी आगोले पोलेका बिरामीका लागि पहिलो पटक बर्न युनिट सञ्चालनमा ल्याउन लागिएको छ । तीन शय्याको वर्न युनिट सञ्चालनमा ल्याउन लागिएको हो । यस्तै २० शय्या सञ्चालन हुँदै आएको आइसियुलाई १० शय्या थप गरी ३० पु¥याइँदै छ ।

अस्पतालमा एनआरएनएको सहयोगमा अक्सिजन प्लान्ट पनि सञ्चालनमा आएको छ । यसअघि अस्पतालमा दुई अक्सिजन प्लान्ट सञ्चालनमा छन् । भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यहाँ कम जनशक्ति र उपकरणका कारण बिरामीले लामो समय पालो पर्खनुपर्ने बाध्यता छ ।

आन्य समाचारहरु:-
December 9, 2023
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]

December 8, 2023
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ ...

उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]

December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
रत्ननगर मेयर कप : इच्छाकामनालाई हराउदै रत्ननगर फाइनलमा प्रवेश

रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram