कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चुनावको बेला दाँया बाँया नभईकन एक ढिक्का भई सूर्य चिन्हमा मतदान गर्न नेकपा एमालेको सल्लाह सुझाव

नेकपा एमाले कालिका नगरपालिका, वडा नं १ ले वडा भेला सम्पन्न गरेको छ । आगामी बैशाख १० गते हुने उपनिर्वाचनको लागी आफ्नो सबै तहका पार्टी सदस्य, संगठित सदस्यहरुलाई भेटघाट गर्न र आफ्नो वडाबाट के कसरी मताधिकार वृदी गर्न सकिन्छ भनी छलफल गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएको नारायण वनले आफूहरु चुनावको बेला दाँया बाँया नभईकन एक ढिक्का भई सूर्य चिन्हमा मतदान गर्न सल्लाह सुझाव दिनु भएको थियो । अतिथिहरु राष्ट्रीय युवासंघ कालिकाका जिवन थापा मगर, प्रदेश क.स. राष्ट्रीय युवा संघ सदस्य सन्देश राई, कालिका नगरकमिटी अध्यक्ष केशव लामा, नगर कमिटी सचिवालय सदस्य आशा लोप्चन, कृष्ण प्रसाद घिमिरे, जिल्ला कमिटी सदस्य बाबुकाजि गुरुङ, निवार्चन परिचालन कमिटी सदस्य सरस्वती सापकोटा, राजु राई, बुद्वी बोम्जन, गंगा प्रसाद घिमीरे लगायतको उपस्थिति रहेको थियो । वडा कमिटी अध्यक्ष राजु बोम्जनको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सचिव बलराम श्रेष्ठले भने कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।





चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

