Listen Live: 

एड्वानको आयोजनामा तरकारी खेती तालिम

Radio Chitwan
आइतवार, चैत्र २६, २०७९

चितवन । चितवनको खैरहनी नगरपालिका वडा नम्वर ११ मा विपन्न तथा पिछडिएको समुदायको महिलाहरुको जीविकोपार्जन सुधारको लागी आधारभूत सिप विकास कार्यक्रम अन्तर्गत भेडे तथा अकवारे खुर्सानी र लहरे तरकारी खेती तालिमको आज एक समारोहका विच समापन गरिएको छ ।

एड्वानको आयोजनामा तालीम यहि चैत १९ गते देखि आयोजना गरिएको थियो । करुणा ट्रस्ट र फ्यानको सहयोगमा कार्यक्रम संचालन भएको थियो । डा। भिम बहादुर विश्वकर्माले ७ दिन सम्म समन्वय गर्नुभएको उक्त तालिममा उर्जा कृषि महिला समूहका १५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

तालिममा हप्ता दिन सम्म सहभागी हुनुभएकी उर्मिला श्रेष्ठले तालिम आफुहरुकोलागी निकै हितकर भएको बताउनुभयो । तालिममा तरकारीमा मलको मात्रा, गोडमेलको तवर, व्यवसायमुखी खेती कसरि गर्ने लगायतका धेरै कुराहरु आफुहरुले जानेको सहभागीहरुको भनाई थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै खैरहनी नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष दिपेन्द्र कुमार दराईले एड्वानले गरेको यो कामले विपन्न तथा पिछडिएको समुदायको महिलाहरुको जीविकोपार्जनमा ठुलो सहयोग पुग्ने बताउनु पर्यो । साथमा महिलाहरुले तरकारी उत्पादन गरेमा वडाले बजारीकरण गर्न साथ दिने उनको भनाई थियो ।

कार्यक्रममा असिन दराई, सुमित्रा गोले, गोमादेवी भुजेल लगायतले मन्तव्य राख्नुभएको थियो । सभाध्यक्ष समेत रहनुभएकी एड्वानकी अध्यक्ष विन्दु थापा परियारले वडा र एनजीओहरुको कुनै सहयोग प्राप्त गर्न नसकेका पिछडिएको महिलाहरुको पक्षमा सदैव एड्वान रहेको बताउनुभएको थियो । साथमा उंहाले ७ दिन सम्म हासिल गरेको सिपलाई महिला दिदीबहिनीहरुले प्रयोगमा ल्याउनुपर्ने समेत बताउनुभयो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram