कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
अपाङ्गता भएका नागरिकले प्रयोग गर्ने सवारीको परीक्षण र अनुमतिपत्र बितरण चितवनबाट नै गर्न माग

चितवन, चैत २४(
अपाङ्गता भएका नागरिकले प्रयोग गर्ने सवारीको परीक्षण र अनुमतिपत्र बितरण चितवनबाट नै गर्न माग गरिएको छ ।
अपाङ्ग समाज चितवन र सुषुम्ना नाडी घाइते मैत्रीय समाज चितवनले संयुक्तरुपमा यातायात व्यवस्था कार्यालय चितवनलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाउँदै सो माग गरेका हुन् ।
चितवनमा रहेका अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने ३्४ पाङ्ग्रे सवारीसाधनको ट्रायल र अनुमतिपत्र लिन काठमाडौँ जानुपर्ने बाध्यता छ । तर, अब परीक्षण र अनुमति पत्र व्यवस्था भरतपुरबाट मिलाउनु पर्ने माग राख्दै कार्यालयका प्रमुख कालीबहादुर भुजेललाई उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।
बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालय भरतपुर महानगरपालिकामा भएकोले नेपाल सरकारको भौतिक संरचना तथा सञ्चार निर्देशिका–२०६९ अनुसार कायम गर्न संस्थाको माग छ ।
त्यस्तै कार्यालय प्रमुख भुजेलले अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सवारीको परीक्षण, बायोमेट्रिक तथा अनुमतिपत्र उपलब्ध गराउनेलगायतको मागलाई छिट्टै सम्बोधन गर्ने जानकारी दिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]