कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल

चितवन, चैत २४(
आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रयोजनका लागि जारी निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल भएको छ ।
मुख्य निर्वाचन अधिकृत बासु न्यौपानेले आचारसंहिता कडाइका साथ लागू गरिने बताउनुभयो । “कोही कसैबाट उल्लङ्घन भएमा तत्काल सूचना दिनुहोला । तत्काल कारबाही हुन्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आचारसंहितामा भएका व्यवस्थालाई कोही कसैले पनि हल्का रुपमा लिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक राजनीतिक दल तथा उम्मेदवारले आफ्ना गतिविधिबारे प्रशासनलाई नियमित जानकारी दिने र स्वीकृति लिने गर्नुपर्छ ।”
आचारसंहिता पालन गर्नका लागि बनाइने भए पनि उल्लङ्घन बढी हुने गरेको दलका प्रतिनिधिले गुनासो गरेका छन् । यसअघिका निर्वाचनमा आचारसंहिता कार्यान्वयन नभएको जनाउँदै यस पटक कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाइ थियो ।
नेपाली कांग्रेसका सचिव धु्रव पोखरेलले आचारसंहिता पालनमा सबै सजग हुनुपर्नेमा जोड दिनुभयो । नेकपा ९एमाले० का प्रतिनिधि मुकुन्द दाहालले आचारसंहिता पालना गर्ने सबैको कर्तव्य भए पनि कार्यान्वयनमा कतिपय दल चुकेको जनाउँदै यसतर्फ सबै पक्षको ध्यानाकर्षण गराउनुभएको थियो ।
मङ्गोल नेसनल अर्गनाइजेसनका टेकबहादुर तामाङले ठूला दलले आचारसंहिता उल्लङ्घन गर्ने गरेको गुनासो गर्नुभयो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]