Listen Live: 

कंकाली वनको निर्वाचन : वन नियमावली कुल्चँदै उमेदवारी दर्ता

Radio Chitwan
शुक्रबार, चैत्र २४, २०७९

खैरहनी । पूर्वी चितवनको खैरहनीस्थित कंकाली सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्वका लागि आगामी वैशाख ३ गते निर्वाचनको मिति तोकिएको छ । चैत २५ गतेका लागि तय गरिएको मतदान अन्ततः वैशाखमा गर्न लागिएको हो । दलहरुले प्रचारप्रसार र सहमतिका लागि भन्दै निर्वाचन सार्न अनुरोध पत्र पठाएपछि निर्वाचन समितिले एक सातापछिका लागि मतदानको मिति तोकेको हो ।

दलहरुको पत्र प्राप्त भएपछि निर्वाचन समितिले बुधबार दलका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गरेको थियो । सोही छलफलपछि निर्वाचनको मिति सार्ने निर्णय गरिएको निर्वाचन समिति संयोजक चन्द्रकान्त न्यौपानेले जानकारी दिए ।

छलफलपछि गरिएको निर्णयमा निर्वाचन समितिका संयोजक तथा सदस्यहरु, नेपाली कांग्रेस नगर सभापति गुणराज श्रेष्ठ, नेकपा एमाले नगर अध्यक्ष पूर्ण डल्लाकोटी, नेकपा माओवादी नगर कमिटी अध्यक्ष रामेश्वर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका राज सिलवाल, राप्रपाका लालप्रसाद गौतम, नेकपा समाजवादीका केशवप्रसाद शर्मा र वनका निवर्तमान अध्यक्ष राममणि न्यौपानेको हस्ताक्षर छ ।

निर्वाचनको अन्य प्रक्रिया करिब सकिएको थियो । मतदानका लागि वैशाखमा मिति तोकिए पनि वन नियमावलीलाई कुल्चँदै उमेदवारी दर्ता गरेको पाइएको छ । वन नियमावली, २०७९ मा सामुदायिक वनको कार्यसमिति अध्यक्ष वा कोषाध्यक्ष पदमध्ये कम्तीमा एक पद र उपाध्यक्ष वा सचिव पदमध्ये कम्तीमा एक पदसहित कार्यसमितिमा कम्तीमा पचास प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने उल्लेख छ । तर, उमेदवारी दर्ताका क्रममा अध्यक्ष, उपाध्यक्ष र सचिवमा सबै पुरूष छन् । कोषाध्यक्षमा मात्र महिलाको उमेदवारी छ ।

अध्यक्षका लागि तीन जना देवीप्रसाद न्यौपाने, तिलक न्यौपाने र लोकबहादुर आलेको उमेदवारी परेको छ ।

नियमावलीविरूद्ध दर्ता भएका उमेदवारहरु भने सर्वसम्मत भएका छन् । अध्यक्षबाहेक अन्य पदहरुमा दलहरुले सहमति गरेर उमेदवारी दर्ता गराएका थिए । ती पदहरुमा एकभन्दा बढी उमेदवारी परेको छैन । उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्यहरु र लेखा समिति पनि सर्वसम्मत भएका छन् । उपाध्यक्षमा शेरबहादुर आले मगर, सचिवमा नारायण खनाल र कोषाध्यक्षमा भद्रीमाया तिवारीको उमेदवारी छ ।

निर्वाचन समितिले दलहरुलाई नियमावलीको आधारमा उमेदवारी दर्ता गराउन भने पनि उनीहरुले मानेनन् । ‘अहिले कायम भएको उमेदवारी दर्ता वन नियमावलीविरूद्ध छ’, निर्वाचन समिति संयोजक चन्द्रकान्त न्यौपानेले भने, ‘समितिले सच्चाउन आग्रह गरिरहेको छ, तर दलहरुले मानेका छैनन् । हामी नियमावलीअनुसार नै चल्नेछौँ । स्रोतका अनुसार दलहरुले हामीले मिलाउँछौँ भनेर समितिलाई दबाब दिएका छन् ।’

नयाँ नियमावलीअनुसार कार्यसमितिको पदावधि बढीमा पाँच वर्षको हुनेछ र कुनै पनि व्यक्ति कार्यसमितिको अध्यक्ष पदमा बढीमा दुई कार्यकालमाथि निर्वाचित वा छनोट हुन नपाउने उल्लेख छ । डिभिजन वन कार्यालय चितवनले भने वन नियमावली कार्यान्वयन गराउन पत्राचार गरिसकेको छ ।

यसैबीच, अध्यक्षका उमेदवारहरु तीनैजनाले पछि नहट्ने बताएका छन् । दलहरुले सहमतिका लागि निर्वाचन सार्न गरेको आग्रहअनुसार मिति परिमार्जन गरे पनि आफूहरु निर्वाचनबाट पछि नहट्ने भन्दै प्रचारप्रसारमा होमिएको बताएका छन् ।

दलहरुले गरेको सहमतिअनुसार कांग्रेसको भागमा परेको अध्यक्ष देवीप्रसाद न्यौपानेलाई अघि सारेपछि सोही पार्टीबाट असन्तुष्टि जनाएर तिलक न्यौपानेले पनि उमेदवारी दर्ता गराएका हुन् । माओवादीनिकट मानिने लोकबहादुर आलेले पनि अध्यक्षका लागि उमेदवारी दिएका छन् ।

तिलक न्यौपानले आफू कुनै पनि हालतमा पछि नहट्ने बताइसकेका छन् । ‘५२ वर्षको उमेरसम्म पार्टीका लागि योगदान गरियो’, कुनै जिम्मेवारी दिइएको छैन’, अध्यक्षका उमेदवार तिलक न्यौपानेले भने, ‘वनलाई बुझेको छु, संरक्षणको खाँचो छ, नमुना वन बनाउन मैले उमेदवारी दिएको हुँ, यसबाट आफू कुनै पनि हालतमा पछि हट्दिनँ ।

कंकाली वनको मुख्य आम्दानी काठ र पर्यापर्यटन हो । यसको कुल क्षेत्रफल ७४९।१३ हेक्टर छ । खैरहनी–१, २, ३ र ४ नम्बर वडा सेवा क्षेत्र रहेको यस वनका दुई हजार २२४ जना उपभोक्ताले मताधिकार प्रयोग गर्नेछन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram