Listen Live: 

ज्येष्ठ नागरिकलाई सम्मान सहित स्वास्थ्य परीक्षण तथा औषधि वितरण

Radio Chitwan
शुक्रबार, चैत्र २४, २०७९

रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ७ ले वडा भित्रका ज्येष्ठ नागरिकलाई सम्मान सहित स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको छ । शुक्रवार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा भित्रका १६३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेयर विनोद रेग्मी, वडाध्यक्ष कमलराज मोक्तान र प्रमुख प्रशासकीय अधिकृत केशबप्रसाद उपाध्यायले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान सहित पौष्ट्रिक आहार र छाता समेत प्रदान गरिएको थियो । सो अबसरमा मेयर रेग्मीले ज्येष्ठ नागरिक माथी हुने हिंसा सहन नसकिने बताए । ज्येष्ठ नागरिक नगरका सम्पती हुन उनले भने उहाँहरु माथी हुने हिंसा हामी सहन सक्दैनौं ।

मेयर रेग्मीले ज्येष्ठ नागरिकले समाज, वडा र नगर निर्माणमा खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको बताए । समाजमा सम्पती खाने बुवाआमालाई नहेर्ने प्रबृति बढ्दै गएको भन्दै उनले यस्तो अमानवीय क्रियाकलाप नगर्न आग्रह गरे । वडाध्यक्ष मोक्तानले ७५ बर्ष माथीका ज्येष्ठ नागरिकको पहिचान गरी सम्मान,पौष्ट्रिक आहार वितरण र स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको बताए ।

ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी आयुर्वेदिक औषधि समेत वितरण गरिएको उनको भनाई छ । कार्यक्रममा वडा सदस्यहरु महेश श्रेष्ठ, सन्तमान सिंजाली मगर,शर्मिला अधिकारी र सानु नेपाली लगायतको सहभागिता रहेको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram