Listen Live: 

जनमोर्चाले चितवन(२ को उपनिर्वाचनमा अमेरिकी साम्राज्यवादको विरुद्धको भण्डाफोर गर्ने

Radio Chitwan
बिहिबार, चैत्र २३, २०७९

चितवन, चैत्र २३(

राष्ट्रिय जनमोर्चाले चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई अमेरिकी साम्राज्यवादको विरुद्धको भण्डाफोर अभियानको रुपमा लिएको बताएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला कार्यसमिति चितवनले आज बिहिबार भरतपुरमा राखेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले पुराना ठुला दल र नयाँ पार्टीसमेत विदेशी शक्तिको निर्देशनमा चलेको आरोप लगाएका छन् । ‘यो उपनिर्वाचनलाई हाम्रो पार्टीले अत्यन्तै महत्वका साथ हेरिरहेको छ,’ उनले भने ‘अमेरिकी साम्राज्यवादका विरुद्ध बढीभन्दा बढी भण्डाफोरमा जोड दिएर देशको राष्ट्रियता सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि संघर्ष गर्ने नीति हुनेछ ।’

राष्ट्रिय जनमोर्चाले चितवन २ को उपनिर्वाचनमा पार्टीका उपाध्यक्ष जनकराज शर्मालाई उठाएको छ । यसभन्दा अघि चितवनमा जनमोर्चाले सत्ता गठवन्धनलाई सघाएको थियो । तर, अहिले सत्ता गठबन्धनमा भएपनि जनमोर्चा एक्लै चुनावी मैदानमा रहेको छ । अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चाले गुण दोषका आधारमा सत्ता गठबन्धनलाई सहयोग गर्ने नीति लिएको बताएका छन् । ‘सरकारलाई समर्थन दिएका पार्टीले जे जे गर्दछन् राष्ट्रिय जनमोर्चाले गर्दैन । हाम्रो स्वतन्त्र अस्तित्व छ । छुट्टै नीति छ,’ उनले भने ‘पाँच दलिय गठबन्धनमा छदै उनीहरुले एमसिसि पास गरे । हामी सामेल भएनौँ । पछि प्रतिगमनलाई हराउन चुनावी गठबन्धनमा गयौँ।’

उनले पाँच दलिय कार्यगत एकताको बुझ्न सर्वसाधरणलाई आग्रह समेत गरे । प्रतिनिधि सभा सदस्य समेत रहेका केसीले गणतन्त्रका पक्षधर शक्तिहरुबाट जनताका जनजीविका र राष्ट्रियताको समस्या समाधान हुन नसकेका कारण जनतामा विद्ययमान शासन प्रणाली प्रति चर्को असन्तोष रहेको बताए । ‘गणतन्त्र प्रति व्याप्त असन्तोषलाई प्रतिगामी तथा साम्राज्यवादी शक्तिहरुले आफ्ना गलत राजनैतिक उद्देश्यका लागि प्रयोग गर्ने प्रयत्न गरिरहेका छन्,’ उनले भने, ‘राजा फर्काउने वा साम्राज्यवादीका दलालहरुको शक्तिमा विस्तार हुने खतरा देखा परेको छ ।’
उनले राष्ट्रिय स्वतन्त्र पाटी समेत अमेरिकाको एजेण्ड भएको दावि गरेका छन् । ‘जनतामा ब्याप्त असन्तोषलाई प्रयोग गरेर आफ्ना स्वार्थहरु नेपालमा लाद्न खोज्ने साम्राज्यवादी प्रयत्न स्वरुप राष्ट्रिय स्वतन्त्र पार्टी पैदा भएको हो,’ उनले प्रस्तुत गरेको विज्ञप्तीमा लेखिएको छ, ‘नयाँको नाममा विदेशीहरुबाट प्रायोजित व्यक्ति वा दलबाट गणतन्त्र तथा राष्ट्रियताको रक्षा हुन सक्दैन ।’ उनले आफ्नो सरकार जोगाउन देशी विदेशी शक्तिहरुसंग साँठगाँठ गर्ने प्रवृति बढ्दो रहेको बताए ।

रास्वपाका सभापति रवि लामिछाने उम्मेद्वार हुन नपाउने कानुनी व्यवस्था भएपनि राज्यका विभिन्न निकायहरु विदेशी शक्तिका अगाडि घुँडा टेकेको बताए । कानुनी रुपमा निर्वाचनमा जानका लागि विदेशी नागरिकले त्यहाँको नागरिकता त्यागेर नेपाली नागरिकता लिएको ३ महिना पुग्नु पर्दछ । तर, लामिछानले नागरिकता पुन प्राप्ति गरेको ३ महिना नपुग्ने जनमोर्चाको दावि छ । उसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समेत उम्मेद्वारी दिएको थियो । चितवन क्षेत्र नम्बर २का उम्मेद्वार जनकराज शर्माले विदेशी शक्तिहरु धर्म प्रचारको रुपमा समेत भित्रिएको बताएका छन् । विदेशी शक्तिहरुले राजनीतिक शक्तिका नेताहरुलार्ई प्रयोग गरिहेको उनको दावि छ । यसलाई भण्डाफोर गर्न आफ्नो उम्मेद्वारी रहेको उनले बताए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram