कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
रवि लामिछानेले झुटको खेती गरिरहेको आरोप, रविकै गल्तीका कारण जनताले फेरि भोट हाल्नुपर्ने अवस्था आएको टिप्पणी

चितवन,चैत २३(
नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर २ का सभापति रवि लामिछानेले झुटको खेती गरिरहेको आरोप लगाएका छन् । रविकै गल्तीका कारण चैत–वैशाखको मौसममा चितवनका जनताले फेरि भोट हाल्नुपर्ने अवस्था आएको उनले टिप्पणी गरे । बिहीवार चितवनमा आयोजित चुनावी कार्यक्रममा नेता बास्कोटाले रविको नाम नलिई झुटो बोलेर र झुटो विवरण पेश गरेर राजनीतिमा आएको व्यक्तिले उन्मुक्ति नपाउने बताए ।
‘एमालेलाई नयाँ कुरा सिकाउने रे, पुरानाले केही गरेनन् रे १ मदनकृष्ण र हरिवंशको ‘हाम्री आमा सारै नै बाठी छन् ‘।,’ भन्ने गीत जसरी भोट पट्याएर लगे । अहिले त कांग्रेस पनि जागेको रहेछ । ब्युँझेछ, राम्रो कुरा,’ बास्कोटाले भने, ‘बाघको छालामा स्यालको रजाईं म देख्न सक्दिनँ, तपाईंहरू सक्नुहुन्छ रु’
बास्कोटाले नसा च्यातिने गरी चिच्चाएर वा हुलहुज्जत गरेर कसैले कानूनी त्रुटिबाट उन्मुक्ति नपाउने बताए । ‘एकजना निकै जान्ने छु भन्छन् । के जान्ने रहेछन् त भनेर विचार गरें, एउटा कुरा खुब जानेका रहेछन्, झुटो बोल्न । झुटो बोल्न जानेकोमा पीएचडी उपाधि दिनुस्, अरूमा छैन क्यारे । झुटो बोलेको हुनाले, बोलेको मात्र होइन कागज नै पेश गरेको प्रमाणित र पुष्टि भएको हुनाले, यस्तो तातो ठाउँमा, मान्छे घरभित्र बस्नुपर्ने ठाउँमा फेरि भोट माग्न जाने अवस्था बनाए । यो कांग्रेस, एमाले, माओवादीले बनाएको हो कि अरू कसैले रु’ बास्कोटाले प्रश्न गरे ।
बास्कोटाले कसैको कमजोरीका कारण फेरि तीन महिनामा उपनिर्वाचन गर्नुपर्ने अवस्था आउने टिप्पणी गरे । ‘नागरिकता परित्याग गरेको निस्सा पेश नगरी त गाह्रो हुन्छ, सरकारी कागजात गलत बनाएको भए के हुन्छ रु कहाँ जानुपर्छ रु संविधानभन्दा माथि कोही छ रु हुलहुज्जत गरेर उन्मुक्ति हुन्छ रु नसाको अप्रेसन गर्नेगरी चिच्याएका छन् । नसा फुल्ने गरी कराएर केही हुँदैन । कानूनतः गल्ती भएको हदसम्म कारवाही व्यहोर्नुपर्छ । फेरि ३ महिनामा चुनाव गर्ने रु मानिलिऔं ९रवि०ले जिते रे, चितवन टेस्टट्युब बेबी उत्पादन गर्ने जस्तो प्रयोगशाला हो र पटक–पटक चुनाव गर्न रु’ उनले प्रश्न गरे ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]
काठमाडौं, कात्तिक १३- गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी […]