कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनको भरतपुर महानगरपालिका २९ स्थित पहाडी क्षेत्र चौकीडाँडामा खानेपानी आयोजना सञ्चालनमा

चितवन,चैत २२(
चितवनको भरतपुर महानगरपालिका २९ स्थित पहाडी क्षेत्र चौकीडाँडामा खानेपानी आयोजना सञ्चालनमा आएको छ । चौकीडाँडा खानेपानी आयोजनाको आज ९बुधबार० भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । आयोजनाको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुर २९ को सबै भन्दा ठूलो समस्याको रुपमा रहेको खानेपानीको समस्या सदाका लागि अन्त्य भएको बताउनुभयो । यो आयोजना सञ्चालनमा आएसँगै स्थानीयमा खुसीयाली छाएको समेत उहाँको भनाइ थियो ।
प्रमुख दाहालले यो खानेपानी आयोजनालाई जति सक्दो छिटो भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा समावेश गरी सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । महानगरले ७ युनिट खानेपानी खपत गर्नेलाई निःशुल्क गर्ने सुविधा यो आयोजनालाई पनि समावेश गराईने उल्लेख गर्नुभयो ।
प्रमुख दाहालले पहिलो पटक भरतपुर महानगरपालिका प्रमुखमा निर्वाचित भएर भरतपुर–२९ मा आउने क्रममा यहाँका स्थानीयले सडकभन्दा पहिला खानेपानीको माग गरेकाले खानेपानीलाई प्राथामिकतामा राखेर काम गरेको स्मरण गर्नुभयो । यस अघि भरतपुर–२९ कै ढोडेनी लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आईसकेको छ । संघीय सरकार, प्रदेश सरकारको ५ करोड ९५ लाख तथा भरतपुर महानगरको १ करोड ७५ लाख तथा ६२ लाख २५ हजार बराबरको श्रमदान गरी ९ करोड ६ लाख ७५ हजार लागतमा उक्त खानेपानी आयोजना निर्माण भएको हो ।
उक्त आयोजनाबाट लामी डाँडा, थाम डाँडा, लामा गाउँ, कमलपुर, ढुङ्ग्रे, चिप्लेटी, तल्लो चिप्लेटी,आरुबोटे, सती डाँडाँका ३ सय ५० घर लाभान्वित हुनेछन् । आयोजना अन्तरगत एउटा मुहान रहेको छ भने ८० लाख लिटरको कलेक्सन ट्याङकी छ । आयोजनाको थाम डाँडामा २ लाख लिटरको वितरण ट्याङ्की रहेको छ । करिब २५ किलोमिटर पाईप लाईन जडान भएको आयोजनामा डबल स्टेज पम्पिङ सिस्टम राखिएको छ ।
उद्घाटन कार्यक्रममा पूर्वमन्त्री घनश्याम दाहाल, वडा नम्बर २९ का वडा अध्यक्ष सुर्य बहादुर गुरुङ, पूर्व अध्यक्ष मान बहादुर मगर लगायतले मन्तव्य राख्नुभएको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]