रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
चितवन क्षेत्र नं २ को विभिन्न मतदान केन्द्र तथा स्थलको अवलोकन अनुगमन

भरतपुर । बैशाख १० हुने उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं। २ को विभिन्न मतदान केन्द्र तथा स्थलको अवलोकन अनुगमन गरिएको छ । मंगलबार ९चैत २१ गते० प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्की सहितको सुरक्षा प्रमुखको टोलिले कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न मतदान स्थल अवलोकन गरेको हुन् ।
‘कालिका नगरपालिका हुँदै इच्छाकामनाका विभिन्न मतदान स्थल सुरक्षाको दृष्टिकोणबाट केकस्तो अवस्थामा छ भनी अवलोकन गर्यौ, चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले भने ।
चितवन २ मा १ लाख २४ हजार ६९५ मतदाता छन् । उपनिर्वाचनमा ४३ वटा मतदानस्थल र त्यस अन्तर्गत १ सय ३८ वटा मतदान केन्द्र तोकिएको सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए ।
गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं २ मा उप निर्वाचन हुन लागेको हो ।
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]
रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]