Listen Live: 

रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा समुदायमा स्वास्थ्यकर्मी कार्यक्रम जिरौनामा सम्पन्न

Radio Chitwan
बुधबार, चैत्र २२, २०७९

रत्ननगर। रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा समुदायमा स्वास्थ्यकर्मी कार्यक्रम बुधबार नगर स्वास्थ्य केन्द्र जिरौनामा सम्पन्न भएको छ ।

समुदायमा स्वास्थ्यकर्मीका लागि नसर्ने रोग अर्थात मुटु , क्यान्सर , मिर्गौला , दम र मधुमेह रोगसम्बन्धी जनचेतना जगाउन सो कार्यकम आयोजना गरिएको हो ।

रत्नगरका १६ वटै वडाका सबै टोलमा दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत माधव पौडेलले जानकारी दिए ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले नगरवासीलाई निरोगी बनाउन रत्ननगर नगरपालिका लागिपरेको बताउँदै दीर्घरोगी एवं नसर्ने रोगका बिरामीको पहिचान गरी मासिक पाँचहजार रुपैयाँ उपचार खर्चको व्यवस्था गरिएको बताए ।

विपन्न वर्गका नागरिकहरु उपचार खर्चको अभावमा रोग लुकाएर हिँड्न नपरोस भनेर ३२ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा गराई उपचारको पहुँचमा ल्याइएको बताए । जन(स्वास्थ्यलाई विशेष महत्त्व दिँदै विभिन्न क्षमता विकास कार्यकम सञ्चालन गरिँदै आएको उनको भनाइ थियो।

नगर रत्ननगर ११ का वडाध्यक्ष श्याम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम नगर स्वास्थ्य केन्द्र जिरौनाका केन्द्र प्रमुख दुर्गा श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram