काबुल – अफगानिस्तानमा शुक्रबार सकिएको पाँचदिने इद अल–अधाको बिदामा सडक दुर्घटनामा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ । साथै अन्य एक सय ६० भन्दा बढी घाइते भएको ट्राफिक प्रहरी […]
रुसी आक्रमणमा पहिलो अमेरिकी नागरिकको मृत्यु, बिरामी प्रेमिकाको हेरचाह गरिरहेका थिए
काठमाडौं,चैत ४। रुसले युक्रेनमा आक्रमण थालेको तीन हप्ता पुगिसकेको छ।
युक्रेनका हरेक क्षेत्रलाई कब्जा गर्न रुसी सेनाले हवाई कारवाही गरिरहँदा युक्रेनी सेनाले पनि प्रतिवाद गरिरहेको छ।
युक्रेनमा दैनिक सर्वसाधारण मरिरहेका छन्। युद्धको चपेटामा परेका मानिसहरु भाग्दाभाग्दै र लुक्दालुक्दै ज्यान गुमाइरहेका हुन्। सो क्रममा रुसी सेनाको आक्रमणमा परेर पहिलो अमेरिकी नागरिकको ज्यान गएको सीएनएनले जनाएको छ।
हिजो बिहीबार जिमी हिल नाम गरेका अमेरिकी नागरिकको युक्रेनमा मृत्यु भएको हो। उनी आफ्नी युक्रेनी प्रेमिकाको हेरचाह गरिरहेका थिए जो दिमाग र ढाँडको रोगी हुन्। सीएनएनका अनुसार जिमी रुसले युक्रेनमा आक्रमण गर्नभन्दा पहिले नै युक्रेन गएका थिए। उनी प्रेमिका भेट्न युक्रेनको भ्रमण गरिरहन्थे।
तर बिहीबार रुसी सेनाको हवाई कारवाहीमा परेर जिमीको मृत्यु भएको छ। जिमीकी बहिनी काट्याका अनुसार जिमीले बिरामी प्रेमिका छाडेर अमेरिका नफिर्किने बताएका थिए। युक्रेनी प्रहरीका अनुसार रुसी सेनाले गरेको कारवाहीले आगलागी भएपछि आगोमा परेर जिमीको मृत्यु भएको हो। जिमी र उनका प्रेमिका चनिहिभमा बस्दै आएका थिए।
त्यहाँ प्रेमिकाको उपचार गर्ने अस्पताल भेटेपछि जिमी सो क्षेत्रमा बस्दै आएका थिए।
काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय […]
एथेन्स– पूर्वी ग्रिसको चिओस टापुमा उद्धारकर्ताहरूले प्रवासीहरू बोकेको डुङ्गा चट्टानमा ठोक्किँदा मृत्यु भएका तीन बालिकाको शव फेला पारेका छन् । टर्किएबाट करिब २० किलोमिटर टाढा टापुको उत्तरपूर्वमा तटीय गार्डले अन्य […]
काठमाडौं- होक्काइडो नेपाल बिजनेस ग्रुप (एचएनबिजि)ले छैटौं शाखा इजाकाया होक्काइडो र्याडिसन होटेल परिसर लाजिम्पाटमा सञ्चालनमा ल्याएको छ । नेपालमा जापनिज फुड कल्चर भित्र्याउने संस्थाको रूपमा रहेको एचएनबिजिले सन् २०१९ […]