Listen Live: 

नारायणी नदी किनारमा सी बिच मोडलमा विकास गर्न बनाउन लागेको तटबन्धको विरोध

Radio Chitwan
बुधबार, चैत्र २२, २०७९

चितवन, चैत २२(

भरतपुर महानगरपालिकाले नारायणी नदी किनारमा सी बिच मोडलमा विकास गर्न बनाउन लागेको तटबन्धको विरोध भएको छ ।

तटबन्धले गैँडाकोट क्षेत्र डुब्ने भन्दै आज बुधबार गैंडाकोटमा ‘गैँडाकोट बचाऊ अभियान संघर्ष समितिले २४ घण्टाभित्र काम रोक्न अल्टिमेटम दिएको हो । समितिले भरतपुर स्थित नारायणी नदी व्यवस्थापन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा नारायणी नदीमाथिको भागमा हाल नारायणगढतर्फ एकतर्फी रुपमा बनाउन लागिएको तटबन्ध निर्माणको काम तत्काल रोक्न माग गर्दै त्यसका लागि २४ घण्टे अल्टिमेटम दिइएको छ । त्यसो नभएमा संघर्षका कार्यक्रम सुरु गर्ने चेतावनी समेत संघर्ष समितिले दिएको छ ।

समितिका संयोजक गोकुल सापकोटाले व्यवस्थापन कार्यालयका कर्मचारीलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै आउँदो बर्षायाममै गैँडाकोट तर्फ ठूलो डुबान तथा धनजनको क्षति हुने गरी एकतर्फी तटबन्ध बनाउन लागिएकाले त्यसलाई नरोकिए सिंगो गैंडाकोटबासीहरु आन्दोलित हुने चेतावनी दिए ।
भरतपुर महानगरले सी बिच मोडलमा विकास गर्ने भनिएको नदी किनारमा अहिले झण्डै १७ करोडको लागतमा पुलको केही माथिपट्टि ६४० मिटर लम्बाइको किनारमा धमाधम तटबन्ध निर्माणको काम भइरहेको छ । कंक्रिटको त्यस्तो संरचनाले नदीको बहावलाई गैंडाकोट तर्फ फर्काउने र उता ठूलो क्षति हुने देखिन्छ । खास गरी तल्लो तटमा रहेको बोटे टोल सबैभन्दा बढी जोखिममा छ ।

गैँडाकोट क्षेत्रमा रहेका सबै राजनीतिक दलहरुका प्रतिनिधि सम्मिलित संघर्ष समितिको बैठकले नारायणगढतर्फको तटबन्ध निर्माण कार्य तत्काल रोकिनुपर्ने र यो बर्खायामपछि बृहत् अध्ययन र छलफलपछि दुवै पक्षको सहमतिमा मात्रै त्यस्तो निर्माण कार्य हुनुपर्नेमा जोड दिएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram