Listen Live: 

दुई महिने ग्रासरुट अभियानले चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको मत घट्दै गएको एमालेको निष्कर्ष

Radio Chitwan
बुधबार, चैत्र २२, २०७९

काठमाडौै, चैत २२–

दुई महिने ग्रासरुट अभियानले चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको मत घट्दै गएको निष्कर्ष नेकपा एमालेले निकालेको छ। वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई अघि सारेको छ।

रास्वपा सभापति रवि लामिछानेसँग चुनावी प्रतिस्पर्धाका लागि युवा नेता न्यौपानेलाई अघि सारेको एमालेले अभियानले साधारण, सांगठनिक सदस्य र शुभेच्छुकको संख्या बढेको निष्कर्ष निकालेको हो।

मंसिर ४ को चुनावमा केही नयाँ हुने आशमा रविको पक्षमा लागेका एमालेका सदस्यसमेतको ठूलो पंक्तिलाई ग्रासरुट अभियानले फेरि फर्किएको स्थानीय नेताहरु बताउँछन्। ४ मंसिरको चुनावमा कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेलकोभन्दा तेब्बर बढी मत ल्याएर रास्वपा सभापति लामिछाने निर्वाचित भएका थिए।

लामिछानेले ४९ हजार ३०० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका श्रेष्ठले १४ हजार ९८८ र एमालेका पोखरेलले १४ हजार ६५२ ल्याएका थिए। त्यसबेला एमालेमा रहेर पनि रविलाई मत दिएका ५० प्रतिशतमध्ये ३० प्रतिशत फर्किएको हिसाब चितवन कार्यालयमा बुझाइएको छ।

खारेज भइसकेको नागरिकता प्रयोग प्रकरणले रविले सांसद र मन्त्री सबै पद गत माघ १३ गते गुमाएपछि त्यस क्षेत्रमा उपनिर्वाचन हुँदैछ। रविले पाँच महिनाअघि पाएको मत उपनिर्वाचनसम्म पुग्दा निकै घट्ने कांग्रेस–एमाले नेताहरुको विश्लेषण छ।

यद्यपि अझै चुनाव जित्नेगरी माहोल बनिनसकेको भन्दै केन्द्रीय नेताहरु चितवन केन्द्रित हुँदैछन्। एमालेका स्थायी कमिटी सदस्य देवी ज्ञवाली र काशीनाथ अधिकारी तथा पोलिटब्युरो सदस्य गोकुल बास्कोटा खटिएका छन्।

बास्कोटाले अहिलेसम्म क्षेत्र नम्बर २ मा पर्ने भरतपुर महानगरका दशवटै वडा पुगेर एकचरण मतदाता भेटिसकेका छन्। उनको घरदैलो अभियानले रविको पक्षमा लागेका नेता–कार्यकर्ता एमालेमै क्रियाशील हुन थालेको दाबी नेताहरुको छ।

अहिलेसम्म ३० प्रतिशत फर्किसकेको एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज काशीनाथ अधिकारीले दाबी गरे। उपचुनावका लागि रास्वपाबाट रवि उम्मेदवार छन्। कांग्रेसले निवर्तमान सभापति जितनारायण श्रेष्ठ र एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ।

रास्वपा सभापति रविले जित्नेगरी सांगठनिक मत नभएकोले विगतमा पाएको मत यताउता भइसकेको उनको दाबी छ। ‘विगतमा उम्मेदवारी चयनप्रति असन्तुष्टहरुले विकल्पका रुपमा रविजीलाई मत हाल्नुभएको हो,’ अधिकारीले भने, ‘अहिले साथीहरु आफ्नै पार्टीमा फर्किनुभएको छ।’

एमालेले जिल्ला अध्यक्ष एवम् युवा नेता न्यौपानेलाई उम्मेदवार बनाएकोले पहिलाभन्दा माहोल बढेको उनले बताए। ‘जित–हारका विषयमा अहिले नै भन्न सकिँदैन,’ उनले थपे, ‘एमालेको पुरानो विरासत फर्किने अवस्था देखिएको छ।’

अधिकारीले त्यही क्षेत्रबाट प्रतिनिधि सभा चुनाव जितेका थिए। चुनावी प्रचार सुरु नगर्दै नेता–कार्यकर्ता सम्पर्कमा आउन थालेपछि एमाले हौसिएको छ। यस्तोमा केन्द्रबाट खटिएका बास्कोटासहितका नेता दुई दिनदेखि चुनावलक्षित घरदैलो अभियान गरेर कार्यकर्ता फकाइरहेका छन्।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram