Listen Live: 

नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको २५औं बार्षिकोत्सवको अबसरमा मंगलवार ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान

Radio Chitwan
मङ्लबार, चैत्र २१, २०७९

रत्ननगर । रत्ननगर – ६ स्थित बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको २५औं बार्षिकोत्सवको अबसरमा मंगलवार ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको छ ।

संस्थाको कार्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रममा सहकारीको संस्थागत विकासमा योगदान गरेका ८ जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको हो । वडा नं खैरहनी १३ कुमरोजकी कृष्णकुमारी अधिकारी, रत्ननगर वडा नं ६ की घुलिया थरुनी, सोही वडाकी जेनी थरुनी, वडा नं ७ की सोममाया तामाङ, सोही वडाकी जेनी चौधरी, वडा नं ५ की छनुई थरुनी, वडा नं ६ की पकुली थरुनी र वडा नं ४ की छनुई थरुनीलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद कृष्णप्रसाद खनाल र संस्थाकी अध्यक्ष भागीरथीकुमारी घिमिरेले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मानित ज्येष्ठ शेयर सदस्यहरुलाई पौष्टिक आहार समेत वितरण गरिएको छ । रजतजयन्ती प्रवेशको अबसरमा आयोजित सो कार्यक्रममा वि।स।२०८० सालको क्यालेन्डर सेमत बिमोचन गरिएको थियो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाकी कार्यपालिका सदस्य तथा संस्थाकी निर्वतमान अध्यक्ष बविता चौधरी, जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष गोविन्द भट्टराई, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, सौराहा बचत तथा ऋण सहकारी संस्थाका रामकुमार अर्याल लगायतले मन्तव्य राखेका थिए । संस्थाकी अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष सोममाया तामाङले स्वागत मन्तव्य राखेकी थिइन ।

संस्थाकी लेखा प्रमुख सपना भण्डारीले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाकी सचिव माला दाहाल, कोषाध्यक्ष देवकी अधिकारी, सञ्चालक सदस्यहरु सरस्वती चालिसे, मीरा अधिकारी, प्रमिला ढकाल, लक्ष्मी भट्टराई, रिता चौधरी र भगवती दाहाल लगायत संस्थाका विभिन्न उपसमिति संयोजक तथा सदस्य र शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

बार्षिकोत्सबको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत सो सहकारीले कानुनी सचेतना, ट्राफिक सचेतना, रक्तदान, भाषाकला तालिम, सरसफाई तथा खेलकुद लगायतका कार्यक्रम गरेको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram