कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
सौराहामा रहेको बालबालिका तथा बालगृह संरक्षण केन्द्रको १५औं बार्षिक साधारण सभा

रत्ननगर । रत्ननगर ६ सौराहामा रहेको बालबालिका तथा बालगृह संरक्षण केन्द्रको १५औं बार्षिक साधारण सभा मंगलबार गरिएको छ ।
वडा नं ६ की वडासदस्य केशरीमाया सुनार प्रमुख अतिथि रहेको सो कार्यक्रममा स्थानीय अगुवा बासुदेब चापागाईँले केन्द्रकी सञ्चालक राममाया लामाले व्यक्तिगत खर्चमा अनाथ बालवालिकाको संरक्षण र शिक्षाको काम गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा रत्ननगर नगरपालिकाकी महिला विकास अधिकृत दीपा घिमिरेले राज्यले तोकेको मापदण्ड विपरित बालगृह सञ्चालन गर्न नपाइने भन्दै नगर भित्रका बालगृहहरुलाई मापदण्ड पुरा गर्न आग्रह गरिने । नगरभित्रका कतिपय बालगृहले मापदण्ड पुरा नगरेको भन्दै उनले त्यस्ता बालगृह सरकारले बन्द गर्न बाध्य हुने उनले बताइन् ।
२०६५ सालमा स्थापना भएको बालगृह संरक्षण केन्द्रमा हाल ७ जना बालवालिका आश्रित छा् । १० जनालाई शिक्षा प्रदान गरेर परिवारमा पुनर्मिलन गराइएको सञ्चालक राममाया लामाले जानकारी दिइन । उनले केन्द्रमा रहेका ७ जना बालवालिकाहरुलाई पनि परिवारमा पुनर्मिलन गराउने तयारीमा रहेको बताइन् । केन्द्रकी सचिव फुलमाया श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]