Listen Live: 

भरतपुर गार्डेन रिसोर्टमा सुरु भएको ३ दिने उद्घोषण कला तालिममा १६ जना महिला सदस्यहरूको सक्रिय सहभागिता

Radio Chitwan
मङ्लबार, चैत्र २१, २०७९

चितवन, चैत २१–

संगम टोल महिला समिति,संगम टोल नारायणगढले आयोजना गरेको ‘३ दिने उद्घोषण कला तालिम’ सोमबार सम्पन्न भएको छ । चैत्र १८ गतेबाट भरतपुरस्थित भरतपुर गार्डेन रिसोर्टमा सुरु भएको सो तालिममा १६ जना महिला सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

‘महिला सशक्तीकरण एवम् सिक्ने कुनै उमेर हुँदैन’ भन्ने कुरा प्रमाणित गर्दै २४ वर्षदेखि ७४ वर्ष उमेरसम्मका महिलाहरू उक्त उद्घोषण तालिममा सहभागी भएका थिए । संस्थाकी अध्यक्ष दुर्गा श्रेष्ठको सभाअध्यक्षता एवम् संयोजकत्वमा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन संस्थाकी सचिव सुमिना जोशीले गरेकी थिइन् ।

उक्त कार्यक्रममा दुर्गा श्रेष्ठ, बिजु कँडेल, रामप्यारी श्रेष्ठ, मैयाँदेवी प्रधान, प्रमिला श्रेष्ठ, सुमिना जोशी, रत्नाश्री श्रेष्ठ, इन्दिरा सापकोटा, इन्दु श्रेष्ठ, जस्मिन प्रधान श्रेष्ठ, रामेश्वरी श्रेष्ठ, रीना गुप्ता, शिवदेवी पोखरेल, शिवमाया पौडेल, शुष्मा भट्ट, अनिता दराईलगायतका महिला सदस्यहरूले तालिम लिएका थिए भने प्रशिक्षक एवम् सह–प्रशिक्षकको भूमिकामा क्रमशः मनसा थैब श्रेष्ठ र अनिता श्रेष्ठ अधिकारी थिए ।

सहभागी सम्पूर्णलाई संस्थापक अध्यक्ष रेणु श्रेष्ठको हातबाट प्रमाण–पत्र वितरण गरिएको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram